Result

Search Your Symbol no.


yy/mm/dd
Hint: Date of Birth 43/03/03
**Above Marks are not the final marks. Marksheets provided by Board is the final result

Forex

Amount:
From:
To:
Currency conversion powered by coinmill.com.

Monday, April 11, 2011

पशुपतिनाथको मन्दिर


स्नातक तह प्रथमवर्ष ईतिहास (३११)
स्थलगत अध्ययन प्रतिवेदन
(प्राईभेट विद्यार्थी)


नाम ः उमेशचन्द्र खनाल
सि.नं. ः ९६२०९५५
मिती ः २०६७ चैत्र




मार्फत ः
रत्नराज्य लक्ष्मी क्याम्पस
प्रदर्शनी मार्ग
काठमाण्डौं

पशुपतिनाथको मन्दिर
१. परिचय
पशुपतिनाथको मन्दिर काठमाण्डौं जिल्लामा रहेको ऐतिहासिक धामिर्क एवं पर्यटकीय दृष्टिले महत्वपुर्ण स्थल हो । यो मन्दिर काठमाडौं जिल्लाको का.म.पा. वडा नम्बर ८ मा बागमती नदीको किनारमा रहेको छ । हिन्दु धर्मावलम्बीहरुको महत्पूर्ण धामिर्क स्थलमा मार्ग कृण्ण चतुदर्शीका दिन एक वर्ष भित्र अवसान भएका आफन्तहरुको सुखद स्वर्गवासको कामना गर्दै सात प्रकारको सतबीज छरिने परम्परा छ । साथै शिवरात्रीको दिन आरध्यदेव पशुपति अर्थात शिवजीको आराधना गर्दै नेपाल तथा छिमेकीमुलुक भारतका हिन्दु धर्मावलम्बीहरुको ठूलो संख्याले पशुपतिको दर्शन गर्ने गर्दछन् । शिवरात्रि एक अत्यन्त महत्वपुर्ण आध्यात्मिक वृतान्तको स्मरणोत्सव हो । सृष्टिका समस्त मनुस्यत्माका परलौकिक परमपिता परमात्मा शिवको दिव्य जन्म वा अवतरणको महान दिन हो शिवरात्री। शिवरात्री नेपाल भरि धुमधामसँग मनाइने राष्ट्रिय पर्व हो । फागुन कृष्णचतुर्दसीको घोर अन्धकारको रातमा शिवको जन्म भएको मान्यताअनुसार शिवका पीठहरूमा श्रद्धालुभक्तजन, भक्ति र निष्ठासाथ मनाइने गरिन्छ । श्रद्धालु भक्तजन पशुपतिनाथको दर्शन अन्य सबै पर्वहरू मनुष्य वा देवताको जन्मदिनको स्मरणका रूपमा मनाइन्छ भने शिवरात्रि मनुष्यबाट देवता बनाउने देवका पनि देव महादेव, सर्व सद्गति दाता परमप्रिय परमात्माको आगमनदिव्य र शुभजन्मको स्मरणसोत्सव हो । शिवरात्रि तेत्तीस कोटी देवी(देवता लगायत ब्रम्हा, विष्णु, शंकरका समेत रचयिता, सबै धर्म मान्ने वा नमान्ने सम्पूर्ण आत्माका आत्माका आत्मिक पारलौकिक परमपिताको जन्मदिन हो ।

पशुपतिनाथको मन्दिर
श्लेशमान्तक वन, पशुपतिक्षेत्रको का. म. पा. ८ तीनथाना गा. वि. स. वडा नं. १ मा रहेको विष्णुदेवी मन्दिर यस गाविसको मात्र महत्वपुर्ण स्थल नभै यस भेगकै ऐतिहासिक थलो हो । धामिर्क हिसाबले सातौ पिठको रुपमा गनिने विष्णु देवी, सरस्वती तथा ईच्छावृशेश्वर महादेव (गोलोकेश्वर) १७ औ शताब्दितिर स्थापना भएको मानिन्छ । ०३८ र ३९ सालतिर महादेवस्थानको दक्षिणतिर रहेको दुवै हात र स्तनसमेत काटिएको सरस्वतीको पूर्णकदको मूति र्चोरी हुँदा मूर्ति पछाडि रहेको शिलालेखमा उक्त मिति उल्लेख गरिएको भन्ने भनाई छ । चोरी भएको सरस्वतीको मूतिको दुई पाऊ अद्यावधि नै छ, जहाँ २०४१ सालमा पूर्ण बहादुर महर्जनले अर्को सरस्वतीको मूति बनाई स्थापना गरेको पाईन्छ । विष्णुदेवीको द्धारपालको रुपमा रहेका सिंह सिंहिनीको स्थापना रिजाल भन्ने थरका ब्यक्तिले वि.सं. १९०९ सालमा स्थापना गरेको शिलालेखमा पाईन्छ । सोही मन्दिरको पश्चिमतिर रहेको ढुंगाको खम्वामाथी प्रार्थना गरिरहेको मूति सहितको खम्वा वि.संवत १९१० मा स्थापना गरेको देखिन्छ । पाप धर्मको परीक्षण गर्ने वागद्वार पनि महादेवस्थानको उत्तरतर्फ रहेको छ । यस विष्णु देवी पुरातात्विक महत्व भित्र पनि रहेको छ । विश्वको एक मात्र हिन्दुराष्ट्र नेपालमा अवस्थित श्री पशुपतिनाथले नेपाललाई विश्व सामु छुट्टै रुपमा स्थापित गरेको छ ।
पशुपतिनाथको मन्दिरका भक्तजनहरु मुख्यतः हिन्दुहरुलाई मात्र प्रवेश गर्न दिईन्छ। नेपाल र भारतमा जन्म भएका हिन्दुहरुलाई मात्र यसभित्र प्रवेश गर्न मान्यता दिएको छ । यस मन्दिरमा रहेका विभिन्न प्राचीन कलाहरु संसारमै सुन्दर र प्रख्यात मान्छि । यसको छाना गजुरहरु बहुमुल्य धातु, रत्नहरुले जडित छन्। यस मन्दिरलाई जिवितहरुको भगवान पनि भनिन्छ । यसको स्थापना सन् ४०० पुर्व रहेको मानिन्छ । पशुपतिलाई विभिन्न नामले चिन्ने गरिन्छ । पशुपति नाम मध्ये एक प्रसिद्ध नाम हो । पशुको मतलब प्राणी, पतिको मतलब सर्वश्रेष्ठ वा ब्रहंमाण्डका मालिक भन्ने बुभिन्छ ।
यस मन्दिरको छाना दुई तह पेगोडाशैलीको रहेको छ । गजुरसुनको र चारदिशामा रहेको ढोकाहरु चाँदीको कलात्मक बुट्टाले सजाइएको छ । पशुपतिनाथको पश्चिम तर्फ ६फिट अग्लो साँढेको मुर्ति रहेको छ ।
यसको उत्पत्ति
धार्मिक ग्रन्थ अनुसारः —
धार्मिक ग्रन्थ नेपालमहात्म्य र हिमवत्खण्डमा उल्लेख भए अनुसार शिव भगवान मृग रुप धारण गरी हालको श्लेशमान्तक वनमा घुमिरहेका थिए । देवताहरुलाई शिवको आवश्यक परि खोज्दा कहि नपाईएपछि खोज्दै जाँदा यही जंंगलमा अरु मृगहरु मृगकै रुपमा सँगै घुमिरहेको देवताहरुले देखे धेरै मृगहरुमध्ये सबभन्दा राम्रो मृगलाई यही शिव भगवान हुनुपर्छ भनि समात्दा कोही देवता मृगको खुट्टा कोहीले सिङ्ग समात्दा सिङ्ग भाँचिएको र त्यही सिङ्गलाई शिवलिङ्गको रुपमा सोही ठाउँमा पुजा गर्न थालिएको उल्लेख छन् ।
गोपालराजवंशावलीका अनुसार ः—
नेपालको सबै भन्दा पुरानो वंशावली गोपालराजवंशावलीहो जसमा पशुपतिनाथको मन्दिर सुपुष्प देवले बनाएको उल्लेख छ जुनकुरा लिच्छवि राजा जयदेव ११औं को शिलालेख सन् ७५३ मा उल्लेख छ ।
पशुपतिनाथक्षेत्रको चारकिल्ला
पुर्व ः त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको पुरानो धावनमार्गको पुर्व सिमाना।
पश्चिम ः धोविखोलाको रातोपुल, कालोपुल, हाँडी गाउँबाट चाबहिल गण्ोशस्थान जोड्ने बाटोमा पने धोबीखोलाको पुल हुदै धुम्बाराही चक्रपथमा रहेको धोविखोलाको पुल ।
उत्तर ः धुम्बाराही चक्रपथमा रहेको धोविखोलाको पुलबाट चक्रपथ चावहिलचोक भगवानस्थानबाट गौरीघाट जाने कच्ची बाटो हुँदै गौरीघाटबाट बौद्ध जाने बाटो हुँदै गौरीघाटको उत्तर तर्फको सत्तल पछाडिबाट घाटको पछाडि हुँदै वागमती हँुदै गुहेश्वरीघाटको उत्तर तर्फको वाग्मतीबाट कालिप्रसाद गणको उत्तर सिमाना हुदैं त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको पुरानो धावनमार्ग हाल थम भएको खण्ड बाहेक ।
दक्षिण ः त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको पुरानो धावनमार्गको कुनाबाट सिधै अन्तराष्ट्रिय विमानस्थलको टर्मिनल भवन हुँदै विमानस्थलको सवारी पार्किङ्ग सँगैबाट दुई सय साठी मिटर दक्षिण पश्चिम हुँदै त्यहाँबाट चारसय मिटर पश्चिम भै चक्रपथसम्म र चक्रपथ देखि कालिमाटीडोल र हरिजन टोलको विचको खोंच हुदैं वाग्मती नदी भै राजराजेश्वरी निस्कने गोरेटो हुँदै चक्रपथको ग्रिनवेल्ट गौशाला चोक हुँदै धोविखोलाको रातोपुल । तर संरक्षित क्षेत्रको चारकिल्ला यसप्रकार छ ः—
१. पुर्व ः त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल परिश्चम शिवपुरी बाबाको आश्रम सहित जंगल ।
२. पश्चिम ः भण्डारखालको पश्चिमपट्टिको पर्खाल बाहिरको कच्चिबाटो सहित जङ्गल र जयवागेश्वरी मन्दिर पश्चिमको सत्तललाई भित्र पारी चक्रपथ हुँदै मित्रपार्क चोक ।
३. उत्तर ः मित्रपार्कबाट गौरीघाट जाने सडक हुँदै गौरीघाट बाल मसान देखि वाग्मती नदी किनारको उत्तर २० मिटर र गुहेश्वरी माथि उत्तर बाहिनीसम्म पशुपति क्षेत्रको अन्तिम सिमाना ।
४. दक्षिण ः गौशाला रातोपुल पक्की सडकबाट पनिको टोल जाने बाटो सम्म (का.म.पा.वडा नं. ८ को दक्षिण पश्चिमको अन्तिम सिमाना) र गौशालाचोकबाट चक्रपथहुँदै तिलगङ्गाबाट ब्यारेक जाने बाटो ।

२. पशुपतिनाथको ऐतिहासिक महत्व
पशुपतिनाथको ऐतिहासिक रुपमा अत्यन्तै महत्वपुर्ण छ । यसबाट मानव ईतिहासमा के भएको रहेछ भन्ने प्रष्ट प्रमाण भेट्न सकिन्छ भने कुनै कुराहरु अझ अध्ययन गर्न वा खोज गर्न बाँकी नै रहेको देखिन्छ । यहाँका रहस्यमय जुनसुकै वस्तुचिजहरुको अध्ययनबाट धेरै कुराहरु जान्न सकिन्छ । युनेस्कोले विश्वसम्पदाको सांस्कृतिक सम्पदाको सुचिमा राख्नुको कारण पनि यहीहो । युनेस्कोको सुचिमा समावेश हुनको लागि यसको उत्पत्तिको अतिनै प्राचिन, यहाँका कला सम्पदाको अनमोलता र रहस्यताको कारणलेनै सो सुचीमा समावेश गरिएको हो । यसको अर्थ जुन सम्पदा त्यस देशमा रहेको छ त्यस देशको मात्र सम्पत्ती नभई संसार भरिको सम्पदाको रुपमा रहन्छ । यसबाट त्यस देशका मानवले शिक्षा लिन सक्छन् र गर्व गर्न सक्छन् कि हाम्रो देशको सम्पदा कति धनी र अरुलाई सिक्न योग्य छ भन्ने कुरा । यहाँका सम्पदाहरु अद्धितिय छन् । यसको कलात्मकता अरु कुनै संसारको कला भन्दा कम छैन । त्यस्तै यस मन्दिर सँग जोडिएर आएको साँस्कृतिक चाड, पर्वले देशको साँस्कृतिक परम्परालाई धान्न एक अर्को पुस्तालाई विस्तार गर्न पुलको काम गरिरहेको छ । त्यसैले पशुपतिनाथको मन्दिर ऐतिहासिकरुपमा महत्वपुर्ण सावित हुन्छ ।

पशुपतिनाथको मन्दिर क्षेत्र
यस मन्दिर वरपर रहेका विभिन्न मन्दिर, वन,नदीहरुले सुनमा सुगन्ध थपिएको छ । यसको साथै यो क्षेत्र भनेको प्राचिन मानव सभ्यताको प्रमाण हो । यसबाट प्राचीन सभ्यता, प्राचिन सामाजिक अवस्था, प्राचिन आर्थिक र प्राचिन राजनितिक अवस्थाको चित्रण पाईन्छ । यो अवस्था सम्म कहाँबाट कसरी हालसम्मको स्थितीमा आएको छ । यससमयको जुन अवस्था छ यस समय सम्मको अवस्थाको धरातल वा आधार भनेको यही प्राचिन पशुपतिनाथको मन्दिर क्षेत्र हो ।
यहाँका बाबा वा योगी जसले जिवनको आधार के हो संसारलाई सिकाउँछन् । योगीहरुबाट नै प्रतिपादीत योगले मानवलाई स्वस्थ्य र सद्गुणी बनाउन सकिन्छ भन्ने कुरा प्रमाणित भइसकेको छ । साथै पशुपतिनाथ कुनै विशेष कालखण्ड विशेष समुह र राजनितीक प्रतिनिधित्व गर्ने व्यक्ति कोही सँग सम्बन्ध राख्दैन । यसको महत्व मात्र मानवजातको हित सँगमात्र जोडिएको छ ।

साधु

३. पशुपतिको उत्पत्ति र यसको धार्मिक महत्व
यो संसार जलामय भएको बखत अन्धकार भएको हँुदा जगतको श्रृष्टि, स्थिती र संहारकर्ता मै हँु भनि ब्रम्हा र विष्णुमा हानाथाप भै मै ठुलो भनी झगडाको अन्त नभएकोले उनीहरुको अभिमान तोड्नको लागि एक ज्योर्तिलिङ्ग ब्रम्हा र विष्णु बिचबाट प्रकट भै “ यसको मुलको अन्त गर्न विष्णु र उद्र्धको अन्त गर्न ब्रम्हा जानु जसले अन्तगरी आउँछ उहि ठुलो ईश्वरहो ”भन्ने आकाशवाणी भयो । जाँदा जाँदा हज्जारौं हज्जार वर्ष वितिसकेपछि विष्णु हार मानी र्फिकए तर ब्रम्हा ठुलो भनिने अभिलाषा लिई कामधेनु र केतुकी फुललाई साक्षी राखी उद्र्धको अन्त फेला परेको दाबी गर्न आए । शिवजी रिसाई “तिमी झुठा क’रा गर्दा रहेछौं त्यसैले तिमीलाई पृथ्वीमा कसैले पनि पुजा गर्दैनन् र अपुज्य भए, केतुकी फुललाई पनि शिवपुजामा नलागोस् र कामधेनु गाईलाई मुखतर्फको आधा अङ्ग अपवित्र होस्” भनि आकासवाणी भयो । यस्तो आकासवाणी भएपछि विष्णु लज्जित भै शिव रिसाए भनि ब्रम्हा र विष्णु सहित भै ईश्वर हामी हैनौ हजुरै होइबक्सन्छ भनी स्तुति गरेपछि श्री पशुपतिनाथ खुशी भएर (एक वित्ता जतिको ) शिव शक्ति रुप ज्योर्तिलिङ्ग भै दुबैलाई दर्शन दिई ब्रम्हा र विष्णुलाई आफैमा लिन गराई पुनः प्रकट गराई ब्रम्हालाई श्रृष्टि र विष्णुलाई स्थितीको कार्यभार जिम्मा दिई ब्रम्हालाई होम यज्ञादिमा र पुष्कर क्षेत्रमा मात्र पुजा हुने वर पनि दिनुभयो । संहारको काम अरु कसैले गर्न नसक्ने देखी आफैले लिइ बक्सिङ (दुई हात जातिको अग्लो) पाँचमुखवाला आठहातमा जपमाला र अमृत भरिएको कमण्डलु लिएको आत्मलिङ्ग दर्शन दिई फेरी आफ्नै आकारको ज्योर्तिर्लिङ्ग दर्शन दिई फेरी आफ्नै आकारको ज्योर्तिलिङ्ग भै बक्सियो ।

महादेव
यसै सन्दर्भमा पुनः प्रलय पछि पृथ्वी जलमग्न भएको बेला ब्रम्हा र विष्णु बाहेक अरु कोही थिएन । सबै सुन्य भएकोले ब्रम्हा र विष्णुमा रज र तमेल ढाकेर विवाद भै म ठुलो लोकपति सर्वेसर्वा भन्ने पदको लागि झगडा हानाथाप हुन थाल्यो । यस्तो देखि दबैको अभिमान तोड्न महाप्रभु महादेव, श्रृष्टिकर्ता, चराचरपति ईश्वरबाट दुबै ब्रम्हा र विष्णुका बिचमा ज्योतिर्लिङ्गको रुपमा प्रकट हुनुभयो । उक्त ज्योतिको तापले पोली भाग्दै अँधेरो तर्फ जान लागे । यो देखि ईश्वरबाट आज्ञा भयो – यस्तो घमण्ड नगर तिमीहरु दुवै ठुला हौं तर संसारका अधिपति तिमीहरु हैनौ । जसले यो लिङ्गको उद्र्धर अन्त फेला पार्छ त्यो नै ठुलो अरु नै कोही भएको ज्ञान भै लिङ्ग ज्योतिलाई नाम्दै तल र माथितिर जान लागे । ब्रम्हाजीलाई कामधेनुले देखि सोध्नुभयो । पु्रभु यो चराचरको श्रृष्टीकर्ता होइबक्सेर पनि के को लागि यहाँ सम्म कष्ट गरिबक्सियो । पृथ्वी तलमा र अन्यलोकमा समेत के भैरहेको छ बुझ्ने दिव्य दृष्टिद्धारा देख्ने हजुर बताइ बक्सियोस कामधेनुले यति भने पछि ब्रम्हाजी आज्ञा गर्नुहुन्छ । पतिव्रता कामधेनु अरु खास काम केही छैन म यो शिवलिङ्गको टुप्पो पत्ता लगाउन आएको हुँ । ब्रम्हाजीका यस्ता वचन सुनी कामधेनुले भन्छिन् – हे प्रभु यो महान् ज्योर्तिलिङ्गको आदि अन्त स्वयंम् प्रभु जगतपति देवादीदेव, महादेव महेश, शंकर बाहेक अरुले जान्दैनन् । अझ सुक्ष्म लिङ्गहरुमा म दुध चढाउँछु र त्यस लिङ्गमाथि केतकी र बन्धुक जवापुष्पहरु देख्छु उनीहरुलाई पनि केही थाहा होला तर यस ज्योतिलिङ्ग माथि पाशुपत, अश्र रहेको हुन्छ । जस्ले जो त्यस नजिक पुग्दछन् त्यसलाई टुक्रा–टुक्रा पारी दिन्छन् । यसैले यसको आदि अन्त पत्ता लगाउन कसैको सामथ्र्य देखिदैन । यस्ता कामधेनुका वचन सुनेपछि ब्रम्हाजीले केत’की र जवापुष्प समेतलाई मैले ब्रम्हाजीलाई ज्योर्तिलिङ्गको अन्त टुप्पोमा देखेको हो भन्ने साछी बनाई पृथ्वीमा जान आग्रह गरे । झुठा कुरालाई सत्य हो भनि साक्षी वक्ता सुर्य चन्द्र रहेसम्म तल गिर्नुपर्ने हुन्छ । ठुलो पाप लाग्छ भनि भन्दा पनि ब्रम्हाले सुख नदिई पृथ्वीतलमा ल्याई छाडे ।
उता विष्णु ज्योर्तिलिङ्गको मुल खोज्न लोकहरुलाई पार गर्दै आएको अनन्तले देखि स्वागतगरी संसारको श्रृष्टिका पालन कर्ता विश्वलाई जान्ने भएर आज के कामले हामीलाई दर्शन दिन यहाँ कष्ट गर्नु हुन्छ, हे अनन्त ब्रम्हा र मेरो बिचमा प्रकट भएको ज्योतिलिङ्गको जसले आदि अन्त पत्ता लागाउँछ उही ठुलो हुन्छ भन्ने आदेश भएकोले हामी दुबै उद्र्ध र अन्ततिर हिडेका छौं भनि ज्योतिर्लिङ्गको मुलको विषयमा अनन्तसँग सोध्दा यस लिङ्गको मुल त स्वयं श्री उमामहेश्वर, शिवशक्ति रुप आदि अन्त श्रृष्टि, स्थिती, स्थिती संहारका मालिकका पनि मालिक महोदेव बाहेक अरुलाई थाहा छैन । यस भन्दा तल ज्योर्तिलिङ्गलाई एकदम विषालु सर्प र नागहरुले वेरी रहेका छन् । त्यसमा जान कसैको शक्ति चल्ने छैन । हे प्रभु बरु फर्किबक्सियोस् यस्ता बचन सुनि विष्णु पृथ्वी तलमा आउँदा ब्रम्हालाई कामधेनु, केतुकी, बन्धुक र जवापुष्पहरुलाई साक्षीको रुपमा साथ लिई बसी रहेको देख्नु भयो । भगवान विष्णु आज्ञा हुन्छ । पात्र सत्य असल भएमा साक्षीको जरुरत पर्दैन । यसरी ब्रम्हा आफु भन्दा ठुलो भएको देखि विष्णु लज्जित भै शोकाकुल भएको देखि पहिले जस्तै आकाशवाणी भयो कि हे कामधेनु, केतुकी, बन्धुक र जवापुष्पहरु हो तिमीहरुले झुट्टा साक्षी बक्यौं त्यसैले तिमीहरु मेरा सबै भन्दा प्यारा भएता पनि अब मलाई चढिने छैनौ र कामधेनु तिम्रो जुनमुखले झुठा बाल्यो त्यसैले तिम्रो मुख अपवित्र होस् । यस्तो देखि ब्रम्हा, विष्णु दुवैले भगवान शंकर ज्योति स्वरुप शिवको स्तुति गरे । त्यसपछि प्रशन्न भै शिवशक्ति रुप प्रभु आज्ञा हुन्छ – ब्रम्हालाई श्रृष्टिकर्ता पितामह र विष्णुलाई पालनकर्ता पालक भन्ने छन् तिमीहरु र ममा केही अन्तर छैन तर त्यस्तो घमण्ड भने गर्नु हुँदैन । ब्रम्हा तिमीले श्रृष्टि र विष्णुले पालन गर्नु भन्ने भएपछि ब्रम्हा विन्ति गर्दछन् – हे प्रभु देवताको सयवर्ष सम्म त यो पृथ्वी पानी पानी भयो जलमग्न भयो । जलमा कसरी श्रृष्टि गर्ने ?ब्रम्हाजीको यस्तो विन्ति सुनेर शंकर भगवानले आफ्नो अंंगबाट दुई नेत्र लामो हात्तीको जस्तो सुंढ, एकहातमा बन्चरो र एक हातमा लड्डु लिएका विभिन्न आभुषणहरुले सोभित श्री गणेशजी श्रृष्टि गर्नुभयो । त्यसपछि सुर्य र चन्द्रमाको श्रृष्टि गर्नुभयो , त्यसपछि अग्निको श्रृष्टि गर्नुभयो । यसरी श्रृष्टि गरिसकेपछि अग्निलाई जलमग्न पृथ्वीलाई फेरी प्रलय नभएसम्म सुकाइराख्न , बचेको पानी श्री गणेशजीलाई पिइदिन, सुर्यलाई दिनमा उज्यालो दिन र चन्द्रमालाई रातमा उज्यालो र शान्ति दिन आज्ञा दिई, ब्रम्हालाई श्रृष्टि र विष्णुलाई पालन गर्नु, म देवताको हजारौं करोड वर्षतक, ज्योर्तिलिङ्ग देवपुज्य भएर रहन्छु । सुवर्णमय, मुत्तिदायक, यो नेपालमा प्राणीमा हामी नै औषधि हुने छौं । त्यसपछि अधर्मीहरु बढ्ने छन् र हिन्दु आर्यहरु पनि बैदिक धर्म छाडि म्लेच्छ जस्तै हुनेछन् । गुप्त रुपले रहेको मलाई त्यस बखत कसैले पत्तो पाउने छैनन् । जब म्लेच्छहरु नास भइसक्दछन् त्यसपछि कैयौं वर्षतक बनै बन हुने छ । त्यसपछि म पशु रुपले कैयौं वर्षसम्म बन विहार गरी यही श्लेशमान्तक वनमा बस्नेछ’ । त्यसपछि देवता, दैत्य, दानव, ब्राहंमण, साधु सिद्धहरुले मलाई पशुपति भन्ने नाम राख्नेछन् र सो लिङ्ग जमिनमै धसिनेछ । कामधेनु आई दुध चढाई पुनः मलाई देखाई दिने छिन् । देवताको हजारौं वर्षको सत्ययुग बितेपछि मेरो पाँच मुख भएको मुर्तिहुनेछ । ब्रम्हा र विष्णुलाई यति बनाएर पुनः त्यही लिङ्ग रुप भै लिन हुनुभयो ।

ज्योर्तिलिङ्ग (पशुपतिनाथको मन्दिर भित्र तस्वीरलिन निषेध छ)
यो दिव्य हजारौं हजार वर्ष देखि यहि रहेको विश्वास श्रद्धालु भक्तजनहरुमा रहेको छ । नेपालको देवपाटनस्थित श्री पशुपतिनाथ मन्दिर र यसको परिसर समेतलाई अर्थवेदमा धेरै मन्त्रहरुद्धारा वर्णन गरिएको छ भने यो क्षेत्रलाई महेश्वरपुर, उत्तरकाशी, पशुपतिपुरी, पशुपतिक्षेत्र भनी वेद पुराणहरुमा उल्लेख छ । सन् १९७८ मा विश्व सम्पदा सुचीमा प्राकृतिक तथा सांस्कृतिक संरक्षण सम्बन्धी युनेस्को महासन्धी अनुसार नेपालका ७ स्थान मध्ये श्री पशुपतिनाथ पनि एक हो ।
साहित्यिक प्रमाणले गोपालवंशका पालामा पशुपतिनाथको स्थापना भएको मानिन्छ तर अन्य धर्मग्रन्थ र पुराण प्रमाणका आधारमा यसको स्थापना ईशापुर्व भएको पाईन्छ । श्री पशुपतिनाथ नेपालको मात्र नभै विश्वभरिका हिन्दुहरुको एक मात्र पवित्र तिर्थस्थलको रुपमा रही आएको छ । कालो मन लिएर आउनेले पनि श्री पशुपतिनाथको दर्शन गरी आफ्नो मनमा भएको कालो, फोहर पखाली सफा बनाई फर्किन्छ भन्ने विश्वास गरिन्छ । यसैले यहाँ दर्शनार्थीहरुको ठुलो भिड लाग्ने गर्दछ । महाशिवरात्रीमा नेपाल र भारतबाट असंख्य दर्शनार्थीहरु यस तिर्थस्थल पुण्य भुमिमा आई पुण्य कमाई फकिन्छन् भन्ने विश्वास राख्दछन् ।
वि.सं. २०३८ सालमा लिएको तथ्याङ्क अनुसार महाशिवरात्री, सत्विज वृष्टि गर्ने औशी, तीज र जनैपुर्णिमामा मानिसहरु भिडका साथ दर्शनगर्न आउने जाने भैइरहने हँुदा सही तथ्याङ्क लिन मुस्कील पर्दछ । तर साधारणतया शनिबार १०,८७३ दर्शनार्थिहरु देखिन्छन् भने सोमबार ८,७३९ दर्शनार्थि देखिन्छन् । यसै गरि एकादशीमा ९७०५ दर्शनार्थीहरुले दर्शन गरेको देखिन्छन् । यसरी लिइएको तथ्याङ्गमा बढी संख्याले दर्शन शनिवार, सोमबार र एकादशीमा गर्दा रहेछन् भन्ने प्रष्ट हुन्छ । साधारणतया अन्य दिनहरुमा ३५१५ दर्शनार्थीहरुले पशुपतिनाथको दर्शन गर्न आउने गर्दछन् । यसरी दर्शन गर्न आउने कत्ति मानिसहरुले कार्यालयको काम र घरायसी काममा समेत लाग्नुपर्ने भएकोले मनमा ईश्वर प्रति भक्तिभाव हुँदाहँुदै पनि मन्दिरमा आउन नपाएता पनि मनले ईश्वरलाई सम्झिएको हुन्छन् । यसैले दिनानुदिन बढ्दो जनसंख्याको आधारमा श्री पशुपतिनाथका भक्तहरुको संख्या पनि दिन प्रतिदिन बढ्दैछ । श्री पशुपतिनाथको सत्यचित्त लिई दर्शन गर्दा ७ जन्म गरेको पाप नास हुन्छ र ७ कुल अघिपछि सम्मका पुस्ताहरु समेत शिवलोक जान्छन् भन्ने विश्वास जनमानसमा रहेकोले यसको धार्मिक रुपमा कति महत्वछ भन्ने कुरा प्रष्ट झल्कीन्छ ।
शिव प्रिय रुद्राक्षको उत्पत्ति र महत्व
शिवजिका आँखाबाट खसेको अश्रु विन्दुबाट नै रुद्राक्षको रुखको उत्पत्ति भएको विश्वास गरिन्छ । रुद्राक्ष शिवजीको अति प्रिय भएकोले यो विधीवत धारणा गर्नाले धारण गर्ने शिव समान नमस्कार गर्न योग्य हुन्छ । जति आकारमा सानो रुद्राक्ष भयो उति बढि फलदायी हुन्छ । आफै प्वाल परेको रुद्राक्ष सर्वोत्तम हो । किराले खाएको टुटेको रुद्राक्ष धारण गर्नुनहुने , पाप देखि बच्न र स्वर्ग यस र मोक्ष प्राप्त गर्नकालागि रुद्राक्ष धारण गर्नुपर्दछ । रुद्राक्ष धारण गरेपछि अन्य अभक्ष चिज वस्तुलाई छाडिदिनुपर्दछ ।

रुद्राक्ष
सेतो वर्णको रुद्राक्ष र रातो वर्णको रुद्राक्ष उत्तम हन् । मिश्रित वर्ण र कालो वर्णको रुद्राक्ष पनि अन्य वर्ण नभेटिने अवस्थामा उत्तम नै मानिन्छ । यसको रुख ठुलो हुन्छ । रुद्राक्ष १ देखि २८ मुखी सम्म फलेको पाईन्छ । रुद्राक्षको मुख अनुसार नै यसको धारण फल र मुल्य हुन्छ ।
१. एक मुखी रुद्राक्ष ः साक्षात लक्ष्मी र शिवको रुप हो । यो रुद्राक्ष भएको ठाउँमा सधै लक्ष्मीले वास गर्नुहुन्छ र सबैकार्य सफल हुन्छ ।
२. दुईमुखी रुद्राक्ष ः यो रुद्राक्ष अर्धनारेश्वर रुप हो । जसमा शिव र पार्वती संयुक्तरुपले वास गर्दछन् । यसलाई सुखी , सम्पन्न र शान्तीमय दाम्पत्यजिवनका लागी अति उपयोगी मानिन्छ ।
३. तीनमुखी रुद्राक्ष ः यो रुद्राक्षलाई ब्रम्हा, विष्णु र महेश्वरको प्रतिकको रुपमा लिईन्छ । यसलाई धारण गर्नाले मन एक चित्त भै ध्यान, ज्ञान, मान–सम्मान वृद्धि गराईदिन्छ ।
४. चारमुखी रुद्राक्ष ः यो रुद्राक्षलाई परमपिता ब्रम्हाको रुपमा लिईन्छ । यो धारण गर्नाले ध्यान र योगमा सिद्धि मिल्दछ ।
५. पाँचमुखी रुद्राक्ष ः यो भगवान श्री पशुपतिनाथकै रुप मानिन्छ । सुस्वास्थ्य एंव दिर्घायुको लागि यो धारण गर्नु आवश्यक मानिन्छ ।
६. छ मुखी रुद्राक्ष ः यो भगवान कार्तिकयको रुप हो । यसको धारण गर्नाले आत्मशक्तिलाई वृद्धि गराउँछ ।
७. सातमुखी रुद्राक्ष ः यो सप्तमात्रिकाको रुपमा लिइन्छ । यो धारण गर्नाले मानसम्मान सफलता मिल्दछ ।
८. आठमुखी रुद्राक्ष ः यो रुद्राक्ष श्री गणेशजीको रुप हो । सिद्धिको प्रतिक हो । यो रुद्राक्ष धारण गर्नाले सम्पन्नता र सफल सुखमय जिवन बनाउन सहायक सिद्ध छ ।
९. नौ मुखी रुद्राक्ष ः यो रुद्राक्ष नवदुर्गा भवानीको प्रतिक हो । यसको धारणले आत्मविश्वास र आत्मबल अभिवृद्धि गर्दछ ।
१०. दश मुखी रुद्राक्ष ः यो रुद्राक्ष साक्षात भगवान विष्णुको रुप हो । यसलाई धारण गर्नाले पेशा व्यवसायमा उच्चसफलता प्राप्त हुने विश्वास छ ।
११. एघार मुखी रुद्राक्ष ः यो साक्षात रुद्र र हनुमानको प्रतिक मानिन्छ । यो विजयका देवताको प्रतिक हो । यसको धारण गर्नाले सदा विजय र समुन्नती हुन्छ ।
१२. बा–ह्मुखी रुद्राक्ष ः यो रुद्राक्ष साक्षात भगवान सुर्यको प्रतिक हो । यसको धारणले व्यक्ति देश विदेशमा समेत व्यक्तित्वको प्रशंसा हुन्छ ।
१३. तेह्मुखी रुद्राक्ष ः यो रुद्रक्ष कामदेवको प्रतिक हो । यो धारण गर्दा आफुप्रति विपरित लिङ्गीको आर्कषण वढ्छ ।
१४. चौध मुखी रुद्राक्ष ः यो रुद्राक्षलाई कुवेरको प्रतिक मानिन्छ वा यो सम्पन्ताको प्रतिक भएकोले यसको धारणले सम्पन्नतामा वृद्धिहुन्छ ।
श्री पशुपतिनाथको वा शिवको प्रिय रुद्राक्षका सबैमुखीहरु अतिनै महत्वपुर्ण छन् ।

पशुपतिनाथको मन्दिरको विद्यमान अवस्था
पशुपति क्षेत्रको धार्मिक, साँस्कृतिक, ऐतिहासिक महत्व र संवेदनशीलतालाई ध्यानमा राखेर यसको सुरक्षा, सम्भार र विकास गर्न एउटा कानुनतः स्वतन्त्र एवं सशक्त निकायको आवश्यकताको महशुस गरी तत्कालीन राजा विरेन्द्रले वि.सं. २०४३ साल पौष १ गते पशुपति विकास कोष स्थापना गरिएको थियो । जसमा राजाले सम्पुर्ण पशुपतिको संरक्षकत्व ग्रहण गरी यहाँका सम्पत्तीको सुरक्षाको अभिभारा ग्रहण गरेका थिए । हाल आएर राजसंस्थाको अन्त्य भएपछि सम्पुर्ण जिम्मेवारी नेपाल सरकारको काँधमा रहेको छ । यस पशुपतिविकास कोषले वर्तमान समयमा धर्म निरपेक्ष स्वतन्त्र राष्ट्रका हिन्दुको आराध्यदेवको उपसनाकेन्द्रका रुपमा विकास र संरक्षण गर्ने जिम्मेवारी पाएको छ । यसले भगवान श्री पशुपतिनाथको आर्दश, गरिमा एवं महत्व अनुरुप पशुपतिक्षेत्रको योजनाबद्धरुपमा सुरक्षा, संभार तथा विकास गर्ने, यस क्षेत्रभित्र रहेका राजगुठी अन्तर्गतका सबै देवी–देवताका मन्दिरहरुमा परम्परागत धार्मिक रितिस्थिती बमोजिम पुजाआजा सञ्चालनको व्यवस्था, स्वदेश तथा विदेशका समस्त हिन्दु धर्मावम्बीहरु तथा धार्मिक पर्यटकहरुको सुविधाका लागि योजनाबद्धरुपमा सुविधा विस्तार एवं विकास गर्ने जस्ता कार्यहरु गर्दछ । यसका श्रोत हरु जस्तै पर्यटक प्रवेश शुल्क, विकासको लागि विदेशी सहयोग , मन्दिर प्राङ्गणमा दानहरु जस्ता कार्यबाट प्राप्त नगद, जिन्सी को सही उपयोग भए नभएको हेर्ने यस पशुपतिविकास कोषले गर्दछ ।एकीकृत अभिलेख नभए पनि पशुपतिनाथको नाममा अथाह सम्पत्ति भएकामा शंका छैन । पशुपति क्षेत्र विकास कोषको नाउँमा ७ सय ५७ रोपनी र उसको मातहत कार्यालयको नाउमा ४ हजार ४ सय १३ रोपनी जग्गा छ । कोषको बसोबास गराएको १ सय ३० रोपनी १० आनाबाहेक अरू जग्गा सदुपयोग हुन सकेको छैन ।कोष अन्तर्गतको जग्गामध्ये नागरिक उड्डयन प्राधिकरण र गल्फ क्लबले उपयोग गरेको १ हजार ४ सय रोपनीबाहेक जग्गामा मोही छन् । ती जग्गा सहरी तथा सहरोन्मुख क्षेत्रमा रहे पनि बहुमूल्य जग्गाबाट अधिकतम लाभ लिन सकिएको छैन ।प्राधिकरणले प्रयोग गरेको जग्गामा पनि १ मुरी ३ पाथी प्रतिरोपनी वार्षिक दर रहेकाले पशुपतिनाथको आम्दानीमा प्रतिकूल असर परेको छ । सूचना विभाग, तिलगंगा आँखा अस्पताल रहेका जग्गा आयविहीन छ भने गौशाला धर्मशालाको जग्गाबाट समेत समयसापेक्ष आम्दानी प्राप्त गर्न सकेको छैन ।श्रीपशुपति अध्ययन व्यवस्थापन स्वतन्त्र अधिकारसम्पन्न समितिका अनुसार पशुपति क्षेत्रका विशिष्ट महत्वका ८४ कुण्डमध्ये धेरै लोप भइसकेका छन् । त्यहाँका ६४ तीर्थस्थलमध्ये कतिपय कहाँ र कुन अवस्थामा छन् जानकारी छैन ।भक्तजनले पशुपतिनाथमा चढाएको धनसम्पत्तिको २०१८ सालभन्दा अगाडिको अभिलेख छैन । भक्तजनले चढाएका सुनचाँदी र प्राप्त नगदबाट सुन खरिद गरी मन्दिरको माथिल्लो तलाको मूल ढुकुटीमा राखिन्छ । अन्य धातुका सामग्री मन्दिर दक्षिणतर्फ रहेको ”बम्बै” ढुकुटीमा दाखिला गरिन्छ । समितिले २०१८ सालदेखि अहिलेसम्म मूल ढुकुटीमा जम्मा गरिएको सुनचाँदी र बम्बै ढुकुटीमा २०५५ देखि हालसम्म थुपारिएको तामा, पित्तल, काँस, स्टिल र ढलौटको तौलसहित सूची सार्वजनिक गरेको छ । मूल ढुकुटीमा झन्डै २० करोड रुपैयाको सुनचादी र करिब ७० लाख रुपैया बराबरका अन्य धातु छन् । ”धेरै सामान भएकाले अब प्राप्त हुने सामानका लागि ठाउँ अभाव भइसकेको बताइएको छ । पशुपति क्षेत्रका २ सय ५१ राजगुठीमध्ये करिब १ सय १५ ले मन्दिरसँग प्रत्यक्ष सम्बन्धित छन् । ती गुठीको चलअचल सम्पत्ति र वार्षिक आम्दानीबारे एकीकृत अभिलेख छैन । राजगुठीमा जम्मा रहेको १ अर्ब ५० करोड रुपैयाभन्दा बढीको आय काषले पनि पशुपति क्षेत्रका राजगुठीहरूको अय कोषमा रहेको रकमको परिण्ाँम ठूलै भएको अनुमान गर्न सकिन्छ । तीमध्ये १ सय ३६ गुठीले पशुपतिको धामिर्क, सांस्कृतिक र सामाजिक कार्यसँग सरोकार राख्छ ।राजगुठीले उक्त क्षेत्रमा ४ सय ९३ जात्रा सञ्चालन गर्छ । तीमध्ये पशुपतिनाथ भण्डार, अमालकोट कचहरी र जयवागेश्वरीले ९५ जात्रा र पर्व सञ्चालन गर्छ ।अध्ययन र अनुगमन अभावमा महत्वपूर्व पर्व र जात्रा हुन छाडेको छ भने पुरातात्विक सम्पदाको स्थिति नाजुक छ । पशुपतिको गुठी जग्गाबाट प्राप्त आम्दानीमा मुद्दती खातामा ६ करोड १ लाख ७९ हजार रुपैया देखिन्छ । त्यसैगरी पशुपति क्षेत्र विकास कोषको नाममा बैंकको मुद्दती खातामा ब्याजसहित झन्डै १८ करोड रुपैया जम्मा भइसकेको छ । एक वर्षभित्र कोषले यो धनराशीलाई ४० करोडमा पु¥याउने लक्ष्य लिएको छ । कोषलाई जग्गाबाहेक पर्यटक शुल्क, दान, विशेष पूजा र भेटीघाटीबाट रकम प्राप्त हुने गरेको देखिन्छ ।





सन्दर्भसुची
श्री पशुपतिनाथ परिक्रमा र दर्शन — हरिभक्त सिग्देल “महेश”
कान्तीपुर दैनिक — २०६७ चैत्र २६ (जितेन्द्र शाह)
विकिपिडिया — अनलाईन लेखहरु

Search Result