Result

Search Your Symbol no.


yy/mm/dd
Hint: Date of Birth 43/03/03
**Above Marks are not the final marks. Marksheets provided by Board is the final result

Forex

Amount:
From:
To:
Currency conversion powered by coinmill.com.

Thursday, May 28, 2009

विश्व अर्थतन्त्रमा मन्दीको गहिरो प्रभाव परिरहेको छ

यतिखेर विश्व अर्थतन्त्रमा मन्दीको गहिरो प्रभाव परिरहेको छ । आर्थिक वृद्धिदरले शिथिलता पाउने क्रम जारी छ भने विकसित मुलुकमा बरोजगारी बढ्दो छ । ठूला-ठूला कम्पनीहरू ऐतिहासिक नोक्सानी व्यहोरिरहेछन् । अहिले समग्र विश्व आर्थिक विपत्तिमा छ । विपत्तिबाट पार पाउन विश्वले अनेक प्रयास थाल्दै आएको छ । विश्वका केही आशावादी नेताहरू अर्थतन्त्र मन्दीबाट पुनर्उत्थानतर्फ अग्रसर हुने लक्षण देखिएको बताइरहेछन् । अमेरिकी राष्ट्रपति बाराक ओबामाले आर्थिक पुनर्उत्थान सम्भावना देखिएको केही दिनअघि बताएका थिए । यसैगरी इङ्ल्यान्डका चान्सलर एलिस्टेयर डार्लिङले पनि आगामी साता प्रस्तुत गर्ने बजेटमा पुनर्उत्थान सम्भावना औंल्याउन सक्ने लक्षण देखाएका छन् । ओबामा र डार्लिङजस्तो आशाका किरण देख्ने धेरै नेताहरूको भविष्यवाणी कत्तिको तर्कसंगत छ त ? आर्थिक मन्दीबाट अर्थतन्त्र कहिले पुनर्उत्थानतर्फ लम्किएला ? मन्दीका विषयमा विश्वका अर्थशास्त्रीहरूको फरक धारणा छ । कोही सन् २०१० देखि पुनर्उत्थान हुने सम्भावना प्रकट गर्छन् । धेरै अर्थशास्त्रीहरू मन्दी प्रभाव कम गर्न पूर्ण प्रयास नभएकाले गहिरिने सम्भावना बढेर गएको धारणा राख्छन् । मन्दीबाट मुक्त हुने प्रयासस्वरुप ती मुलुकले सहायता प्याकेज मात्रै प्रवाह गरिरहेको तर वित्तीय प्रणाली सुधारका लागि नीतिगत सुधारको पहल नगरेको उनीहरूको भनाइ छ । पुनर्उत्थानको सम्भावना देख्ने आइटिएम क्लबका प्रमुख अर्थशास्त्री पिटर स्पेन्सर भन्छन्, 'मेरो विचारमा अहिले हामी मन्दीको चरम अवस्थामा छौं, जहाँ उत्पादन घटिरहेको छ, तर सुस्त गतिमा । यस्तो अवस्था यो वर्षभरि जारी रहन्छ, सन् २०१० को वसन्तमा अर्थतन्त्र पुनर्उत्थान अवस्थामा हुन्छ भन्ने अनुमान छ ।' 'अहिले मन्दी प्रभाव परेका मुलुकको अर्थतन्त्र स्थिर हुने क्रममा रहेको मैले देखेको छु । आवास मूल्यदेखि लिएर वस्तु मूल्य स्थिर हुने अवस्थामा छन्, जुन पुनर्उत्थानको महत्त्वपूर्ण संकेत हो', स्पेनसरले भने । पुनर्उत्थान हुनेमा विश्वस्त देखिनुको मुख्य कारण अहिले प्रवाह भइरहको सहायता प्याकेज हो । सन् १९३० भन्दा निकै ठूलो प्याकेज प्रवाह गरिएको छ । छिट्टै नै त्यस्ता संकेत देखिन थाल्नेछन् । पुनर्उत्थान चरणका स्ट्रलिङको मूल्य घट्ने हुनाले सबैभन्दा धेरै फाइदा बेलायतले पाउनेछ । न्यु इकोनोमिक्स फाउन्डेसनका निर्देशक एन्ड्रयु सिम्सको धारण भने फरक छ । नेताहरूले पुनर्उत्थानको कुरा सर्वसाधारण उपभोक्ताको विश्वास बढाउन मात्रै गरेको उनको तर्क छ । 'तर, आत्मविश्वास बढाएर बढ्दैन, आफैं विकसित हुन्छ,' उनले भने । मन्दी भर्खरै सुरु भएको उनको दाबी छ । उनी भन्छन, 'हरेक क्षेत्रमा मन्दी प्रभाव सामान्य मात्रै परेको छ, यसको विकाराल रुप आउन अझै बाँकी छ । बढ्दो बेरोजगारी असर अहिलेसम्म देखिएकै छैन ।' आर्थिक क्षेत्र थप ओरालो लाग्ने डलरलाग्दो भविष्यवाणी गर्दै उनी थप्छन्, 'वास्तवमा हामीले नयाँ चरणको मन्दी सामना गर्नुपर्छ, जुन डिप्रेसनछेउमै नाचिरहेको हुन्छ ।' 'हामीसँग स्रोत-साधन निकै कम छन्, कर्जा संकटसँगै खाद्यान्न एवं इन्धन अभाव भयो भने विश्व अर्थतन्त्रको अवस्था झनै नाजुक हुनेछ,' उनले थपे । बेरोजगारी समस्या बढेपछि खाद्यान्न एवं ऊर्जा अभाव हुने उनले बताए । विश्वव्यापी अर्थतन्त्र उकास्न विभिन्न मुलुकका सरकारले अघि सारेका योजनामा वास्तविक प्रतिबद्धता एवं नयाँ नीति नभएको उनको भनाइ छ । हार्वड विश्वविद्यालयका प्राध्यापक केनेथ रोगोफ अमेरिकाले जापानले भोगेजस्तै एक दशक लामो मन्दी सामना गर्नुपर्ने बताउँछन् । 'मन्दीको उच्च प्रभाव भोगिरहेका बेलायत, स्पेन, आयरल्यान्डजस्ता मुलुकले लामो समयसम्म त्यसलाई स्वागत गर्नुपर्छ,' उनले भने । अमेरिका होस् वा बेलायत कसैले पनि वित्तीय क्षेत्रको समस्या समाधान नगरेकाले मन्दी लम्बिने उनको तर्क छ । 'आगामी केह वर्षसम्म सकारात्मक वृद्धि संकेत देखिएको छैन उनले भने, 'सहायता प्याकेजले अस्थायी समाधान मात्रै गर्ने हो, दीर्घकालमा यस्ता प्याकेज सरकारका लागि नै घाँडो हुन्छ ।' सहायता प्याकेजले दीर्घकालमा मुलुकको उत्पादनमा नकारात्मक असर पार्ने उनले बताए । लगानी वृद्धि तथा उपभोक्ता आत्मविश्वास बढाउने कार्य नीति निर्माताकै हातमा रहेको उनको भनाइ छ । 'तर, अहिले नीति निर्माता भएजस्तै लाग्दैन,' उनले व्यंग्य गरे । मेरिल्यान्ड विश्वविद्यालयका प्राध्यापक पिटर मोरिचीको विश्लेषण रोगोफको जस्तै छ । 'केही महिनायताका तथ्यांक मिश्रति छन् तर, प्रमुख सूचकजस्तै खुद्रा बिक्री र औद्योगिक उत्पादन अझै तीव्र रुपमा तल र्झदैछन्', उनले भने, 'यो वर्षको अन्तिम त्रैमासिकमा सुस्त दरको पुनर्उत्थान हुने लक्षण मैले देखेको छु । तर, आर्थिक क्ष्ाेत्रका समस्या समाधान गर्न सकिएन भने सन् २०११ र २०१२ मा विश्व थप मन्दीमा फस्नेछ ।' संकटग्रस्त बैंकिङ प्रणाली, बढ्दो बेराजगारी, ऊर्जा निर्भरता र व्यापार असन्तुलन, विशेषगरी चीनसँगको व्यापार सन्तुलनमा ल्याउनुपर्ने उनको निष्कर्ष छ । ओबामाका आर्थिक सल्लाहकारले सेयर बजार बढाउने ल्याउने खालका सुझाव मात्रै दिएकाले यी मुद्दामा ध्यान दिन नसकेको उनले बताए । उनले सचेत पार्दै भने, 'अर्थतन्त्र सन् १८७० जस्तै २५ वर्षसम्म सुस्त आर्थिक वृद्धि हुने चरम मन्दी अवस्था पुग्न सक्छ ।' क्यालिफोर्निया विश्वविद्यालय वर्कलीका प्राध्यापक व्यारी आइचेनगि्रन भन्छन्, 'तत्कालै पुनर्उत्थान हुनेमा म विशवास गर्दिनँ, बजारमा तरलता अभाव छ, बैंकिङ क्षेत्र समस्याग्रस्त छ,' उनी थप्छन्, 'पुनर्उत्थानका लागि सकारात्मक पहल हुनुपर्छ, त्यस्तो पहल अहिलेसम्म भएको छैन ।' बैंकिङ क्षेत्रमा देखिएको पुँजी अभाव कम गर्न निजी क्षेत्रको प्रवेश गराउने विषय अझै ओझेल परेकाले सशंकित भएको उनको भनाइ थियो । निजी क्षेत्रलाई समावेश नगरी सरकार एक्लैले पुँजी प्रवाह गर्दा ठूलो सहायता प्याकेज आवश्यक पर्ने उनले बताए । सरकार एक्लैले समस्या समाधान गर्न खोजा वृद्धिदर निकै न्यून वा शून्य हुने सम्भावना भएको उनको विश्लेषण छ । 'बैंकिङ क्षेत्र क्रियाशील नभएको अवस्थामा वित्तीय अथवा मौदि्रक कुनै पनि सहायता प्याकेजले काम गर्दैन', उनले भने । अर्थशास्त्रीले भनेजस्तै अहिले विकसित मुलुक व्यापक रुपमा सहायता प्याकेज प्रवाह गरिरहेका छन् । समग्र विश्वको वित्तीय क्षेत्रको पुनर्संरचना आवश्यक भए पनि हालसम्म त्यसतर्फ कुनै प्रयास चालिएको छैन । हाल नेताहरूले आर्थिक पुनर्उत्थान हुने सम्भावना देखिएको भनी राजनीतिक रुपले मात्रै जनतालाई आश्वस्त पार्न खोजेको देखिएको छ । नेताहरूको भनाइ र गराइमा देखिएको फरकले विश्वमा पुनः आर्थिक महामन्दी निम्तिने आशंका झनै बढेको छ । अर्थशास्त्रीहरू भन्ने गरेको मन्दीको प्रारम्भिक अवस्थामा पनि नकारात्मक प्रभाव भोगिरहेको नेपालको आर्थिक अवस्था विश्वमा थप मन्दी आयो भने कस्तो होला ? सोचनीय छ ।

No comments:

Search Result