Result

Search Your Symbol no.


yy/mm/dd
Hint: Date of Birth 43/03/03
**Above Marks are not the final marks. Marksheets provided by Board is the final result

Forex

Amount:
From:
To:
Currency conversion powered by coinmill.com.

Wednesday, August 27, 2008

रामेको अमेरीका अनुभव !

Billy को ताल देखेर कहिले काही तीनछक पर्छु, ४ बर्षमा धेरै चेन्ज भएको कुरो उ आँफै गर्छ, आफुलाइ amrerican भन्न बढी रुचाउछ उ; हुन पनि हो ४ बर्ष भन्या जोक होइन यार्; तेसमाथि नेपाली नभेट्या, न त संगत गर्या; १-२ जना चिनेका पनि आफ्नै ताल का रैछन ।
कम्प्युटर, वेबसाईट, ईमेल यि तीन कुरा सङ घनिष्ठता अमेरिका आए पछी मात्रै भएको हो । नेपालमा साईबर क्याफे म घण्टाको २५ तिरेर कति गुजरा हुन्थ्यो र । साझा डट्कम सँगको मित्रता चाँही पोहर दसैं ताका मात्रै भीको हो; बिल्ली जि को कृपाले । सुरुमा anfrancisco मा काम नपाउदा दिनभरी कोठा मा बसेर उस्को ल्यापटप चलायो, caigslist म जोब खोज्यो, email गर्‍यो, नेपालमा भा नभा america को राम्रो कुरा गर्‍यो, काम पाइयो भनेर गफ हान्यो, अनि साझा डट्कम चहार्यो; उतिखेर को उरन्ठाउँलो साझा डट्कम र अहिलेको सामाजिक साझा डट्कम म धेरै भिन्नता छ । उहिले NAS को जस्तो मनै बाउडिने चित्र कहाँ हेर्न पाउनु नि? बिल्लि ले firewall रखेको ले होला जथाभाभि website म जानै हुन्नथ्यो, चित्रै नआउने बा!साह्रै भाग्यमानी भा दिन याहू को च्याट रूम मा कहिले काही केही देख्न पायिन्थ्यो, तेत्ती हो! फेरी आफु त्यस्तो त्यस्तो कुरमा बढी ध्यान दिने परिएन, काम चली राथ्यो ।
ठुलो शहर भएर होला sanfrancisco मा अलि डर लग्थ्यो सुरु सुरु मा, तल्तिर को गल्ली तिर गयो कि ताल ताल का काले हरु, मुख छाडया छन्, बाटै मा मुत्या छन्, जाड्को बोटल जथभाबी फल्या छन्, बिजोग हालथ्यो downtown को । झन market र mission मा त सात्तै जाने भन्य, अजिब अजिब पहिरन मा एक से एक पागल हरु, खातेहरु, ठिसहरु! पछि बुझ्दा थाहा भयो ति सब vietnam युद्धका veteran रे! तीनहरुको गरीबि देखेर मलाई दुख लग्थ्यो, तर billi ले भन्या कुरा सधैं याद राख्थे, सरकारले तीनैहरुलाइ भत्ता दिदो रैछ ।
कति भाग्यमानी यहाँका माग्नेहरु, कति talented अङ्रेजीमा भिख माग्ने! हाम्रो नेपालबाट पशुपति अगाडिका सबलाई B-1 visa मा ६ महिनालाइ यहाँ ल्याउन पाए, नेपालको remittance अझ दरो हुन्थ्यो कि? यो पनि त एक किसिम को बैदेशिक रोजगार नै हो नि । यसै त देश बैदेशिक रोजगारको भरमा टिक्या बेला !
america मा नयाँ कुरा सिक्ने क्रम जारी थियो, आएको महिनौ पछी billi जि सँग पहिलो पटक चिया खान पाइयो, starbucks मा, कस्तो चियापसल यार्! छिर्नै डरलाग्ने ! जिन्दगीमा २०० रुपैयाँको ‘चाय’ खाएपछी मेरो छाती घमन्डले फुल्याथ्यो, बाटामा starbucks को कागाजको कप बोकेर हिंड्ने सबै जना सँग म अब जोरी खोज्न सक्षम थिए!
तर सोच्दा सोच्दै हातमा लिएको चाय सिद्धिएपछी मलाई एउटा अनौठो डर्ले घेर्यो - आज त billy थियो र चिया खान पाइयो, भोली नि? म आफ्नो अत्मबिश्वासमा आँफै अबिश्वसत थिए !
भोली पल्ट बिहानै billy जि ओछ्यान मै सुतिरख्दा, बडो हिम्मत गरेर हिजो को starbucks मा गए, थरि थरिका कफि देखेर दिमाग out भाथ्यो ! ठिराउदो जाडोमा पनि मेरो शरिरबाट पसिना निस्किन थल्याथ्यो, एउटा अनौठो डरले गर्दा । जे परे पर्ला भनेर कुन्नी के हो अर्डर गरे, भित्तामा भएको कफि को लिस्ट मा नम्बर ४ म भएको कफि, medium भने ! burgar किन्दा जस्तै everything भन्नु पर्ला कि भन्या, तर परेन, मलाई यो तरिका चाँही मन पर्‍यो तर पैसो गएको कुरो ले साह्रै चित्त दुख्दैथ्यो । २ डलर् ७५ सेन्ट् को त्यो कफि खाना साथ मेरो बुद्धीमा बीर्कै लग्या रैछ भन्ने प्रमाणित भयो, जनवरी को चिसो स्याठ्मा पिउनु परेको चिसो कुन्नी के हो ले मेरो दिमाग सफाचट भएकोथ्यो, billi जि को शब्दमा brain dead रे! के गर्ने? पैसो पर्या कुरो, घरमा ल्याएर माईक्रोववमा तताएर भएनी पिए । पहिलो कफिको त्यो चिनो स्वरुप starbucks को कप मैले ४-५ महिना सम्म रख्या थिए, पछि americanized हुँदै जाने सिल्सिलामा एक दिन कपले garbage मा ठाउँ पायो ।
तदुप्रान्त starbucks मेरो सबभन्दा नरुचाएको स्थानको लिस्टमा सदाको निम्ती दर्ता भयो ! अचेल चिया त पियिन्छ कि घर मै कि फ्री को, हजुर फ्री को naan and curry रेस्टुराँ म भात र कुखुराको साप्रो किनेपिच्छे २-३ गिलास धित मर्ने गरी चिया हानिन्छ ।
जती गरे नि मैतिदेवी चोकको बिश्रान्तिको चिया र सुर्य चुरोटको धित चाँही मेट्न सक्या छैन । “ओए भाई, ४ वटा र क चि क ” अर्थत ४ कप रङ कडा चिनी कडा चिया । साथमा १० रुपैयाँको ४ वटा सुर्य, कहिले काही घन्टौ बिताइन्थ्यो बिश्रान्तिमा, तर हाम्रो usual टाईम चाँही शनिबार बिहान हुन्थ्यो । एका बिहानै ६-७ बर्ष नबिराइ ६ बजे गौशला चोकमा केटाहरु सँग भेट हुन्थ्यो, पशुपति दर्शन को लागि, ९-१० बजे तिर फर्कदा, सधैं बिश्रान्तीम आएर १-२ बजे सम्म गफ हान्यो बस्यो, कलेजका केटाहरु पनि भेटिन्थे । पछि आएर शाहुजीले दिक्क भएर होला बिश्रान्तिमा no smoking टाँसेपछी, बिश्रान्ती जान बन्द भयो, तर बिश्रन्ती को स्वाद कही नपाए पछी केही उपाय नलाग्दा, हामी compromise को अवस्थामा पुग्या थियौ, चिया बिश्रान्ती कै, तर बाहिर उभिएरै भए पनि !
चुरोट त्याग्ने कुरा यदाकदा ‘दिपे’ ले ल्याए पनि, बहुमतको कदर गर्दै चुरोट छोडिएन । दिपे, एउटा अजिबको character, चुरोट्, जाड्, बियर, रक्सी, गाजा केही नखाने तर ब्यवस्था गर्न कहिल्लै पछी नपर्ने ! केटाहरु फिट्टु भएर क्याबिन रेस्टुराँमा सुत्दा पनि ट्याक्सीमा चाढाएर घर भने पुर्याउथ्यो । राती २ बजे घर छिर्ने हिम्मत नभएपछी मेरो मै सुत्थ्यो, भोली पल्ट बाउ को last गाली खाइयो यार भन्दै सुनाउथ्यो । हुन पनि हो, घरमा मम्मिलाइ दिपे को birthday वा, दिपे को भतिजो को पासनि, वा दिपेको दिदि को engagement वा दिपे पास् भएको party, वा दिपे को birthday को बहाना सुनाएपछि आरामले बाहिर जान पाइन्थ्यो अझ डो पनि पास् हुन्थ्यो । हजुर्, दिपे को birthday २ चोटि मात्रै होइन, कहिले काहि त ४ चोटि सम्म मनाइन्थ्यो नेवारि, बिक्रम् सम्बत्, इश्वि सम्बत् र तिथिले !
अचम्म को मित्रता थियो हामी बिच्, वा मोटे, काले, दिपे, हुट्टे, बाबा, सुके, बोका, खैरे र म RP । सब को नाम पछाडि आफ्नै रहश्य थियो । मोटे-बाङ्गुर जस्तो भएको हुनाले, काले-पोल्दा पोल्दा उम्केर भाग्या जस्तो काले हुनाले, हुन त त्यस्तो काले त थिएन यार्; दिपे-dipendra को छोटो नाम्; हुट्टे-हुट्टिट्याउ जस्तो हुनाले; बाबा एक नम्बर् को गजेडी हुनाले; सुके-सुक्या बाँस् जस्तो हुनाले; बोका-छप्की देख्नै नहुने सोमलाई-दुई खुट्टामा उभिएको जे भएनी हुने!; खैरे- त्यो चाहि खैरे जस्तै देखिने हुनाले र मेरो बारे म त के आँफै गुन गान गरम र !

विदेशमा हराउदै

ध्रुब अधिकारी, मकवानपुर । जिल्लाको हाँडीखोला गाउं विकास समिति-६ कालीदमार निवासी २४ वर्षीय रामहरी लामिछाने वैदेशिक रोजगारीकालागि मलेसिया जानु भएकोमा हाल परिवारको सर्म्पर्क बाहिर हुनहुन्छ । त्यस्तै आमभञ्ज्याङ गाविस-४ सोलिथुमका २५ वर्षीय कूलप्रसाद घिमिरेपनि राम्रो पैसा कमाई हुने लोभमा दुवई जानु भएको छ तर उहांकोपनि अहिले परिवारसंग सर्म्पर्क भइरहेको छैन ।
हाडीखोलाका रामहरी र आमभञ्ज्याङका कूलप्रसाद त उहाहरण मात्रै हुन् । उनीहरु जस्तै वैदेशिक रोजगारीमा गएर परिवारको सर्म्पर्क बाहिर रहेका अरु थुप्रै घटना हुन सक्छन् । जुन कुरा बाहिर आउन सकेको छैन । परिवारको सर्म्पर्कमा नरहेका आफन्तको खोजतलास कसरी गर्ने भन्ने कुरा थाहा नपाएरपनि यो कुरा बाहिर नआएको हुनसक्छ । यही कुरालाई ध्यानमा राखेर सुरक्षित वैदेशिक रोजगारीबारे परामर्श प्रदान गर्न र विदेश पुगेर अलपत्र परेकाहरुको खोजतलासमा सहयोग गर्न ५ महिनाअघि हेल्पलाइन स्थापना भएको हिमराइट्स हेटौंडाले जनाएको छ ।
रामहरी २०६३ कात्तिक २५ गते वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका हुन् । उनी राजधानीको अनामनगरमा रहेको भण्डारी ओभरसिज मार्फ मलेसिया पुगेका थिए । उनलाई स्टेशनरी उद्योगमा काम दिने भनिएपनि कार्टु उद्योगमा गाह्रो काम लगाइएको थियो । २०६३ चैतमा ४० हजार पैसा पनि पठाए र २०६४ जेठमा अन्तिम पटक फोन सर्म्पर्क भएको थियो । त्यसपछि उहाँको परिवारसंग सर्म्पर्क नभएको जानकारी प्राप्त भएको छ । छोरासंग सर्म्पर्क नभएको एक वर्षभएको र विदेश जाँदा लिएको १ लाख १० हजार ऋण तिर्न नसकेपछि उनका बुबा भक्तबहादुर लामिछाने चिन्तित हुनुहुन्छ । उहाँले छोराको खोजतलास र स्वदेश फर्काउन पहल गरिदिन हिमराइट्स कार्यालयमा २०६४ चैत १३ गते निवेदन दिनु भएको छ । निवेदनको आधारमा २०६५ बैशाख २४ गते गृह, परराष्ट्र र श्रम मन्त्रालयमा रामहरीको खोजतलास र स्वदेश फिर्ता ल्याउन अनुरोध गर्दै पत्र बुझाइएको छ । ती मन्त्रालयहरुबाट पहल भएको कुरा बताइएपनि ठोस काम भने अहिलेसम्म हुन नसकेको हिमराइट्सका हेल्पलाइन अफिसर खेम बोलखेले बताउनु भयो ।
त्यसैगरी, कूलप्रसाद २०६४ कात्तिक २१ गते वैदेशिक रोजगारीको शिलशिलामा दर्ुवई पुगेका थिए । काठमाण्डौमा रहेको एभरेष्ट म्यानपावर एजेन्सी मार्फ उनी दर्ुवई पुगेका हुन् । अर्जुन देवकोटा नाम गरेका व्यक्तिले कूलप्रसादलाई सर्म्पर्कमा ल्याएर विदेश पठाएको बुझिन आएको छ । उनले दर्ुवई पुगेर लाजेएन सुल्तान कम्पनीमा एक महिनासम्म काम गरेको र त्यसपनि उनी सर्म्पर्क बाहिर रहेको पारिवारिक श्रोतले हिमराइट्समा जानकारी दिएको छ । वैदेशिक रोजगारीको लागि गएका छोरा सर्म्पर्क बाहिर भएपछि खोजतलास र स्वदेश फर्काउन पहल गरिदिन अुनरोध गर्दै उनका भाई रामजी घिमिरेले २०६५ बैशाख १७ गते हिमराइट्समा निवेदन दिनु भएको छ । उहाँको खोजतलासको लागिपनि सम्बन्धित निकायमा पत्र पठाउने तयारी भइरहेको तथा आवश्यक कागज पत्रको अभावमा प्रक्रिया अगाडि बढी नसकेको जनाइएको छ ।
रामहरी र कुलप्रसाद त परिवारको सर्म्पर्क बाहिर रहेका छन्, तर हेटौंडा-१ निवासी ४० वर्षीय विनोद लामा भने विदेशमा लागु औषध सम्बन्धी अभियोगमा थुनामा परेको हिमराइट्समा जानकारी प्राप्त भएको छ । २०६३ साल बैशाख १० गते घरबाट हिडेर बैशाख १३ गते दिल्लीबाट वैदेशिक रोजगारीको शिलशिलामा कुवेतकालागि उड्नु भएका लामाले कुवेतमा सवारी चालकको काम गर्नु भएकोमा इराक समान पुर्याएर र्फकदै गर्दा डेढ किलो चरेश फेला परेपछि उनलाई प्रहरीले पक्राउ गरी थुनामा राखेको छ । उनलाई कुवेतको कगभिदष्ब प्रहरी कार्यालयमा थुनेर राखिएको छ । उनले बयानका क्रममा आफू निर्दोष रहनु भएको कुरा बताउदै आउनु भएको र अहिले उहाँको जीवन जोखिममा रहेकाले जीवन रक्षा र शकुसल स्वदेश फर्काउन पहल गरिदिन अनुरोध गर्दै श्रीमति बुद्धकुमारी लामाले जेठ १९ गते हिमराइट्समा निवेदन दिनु भएको छ । उनको जीवन रक्षा र स्वदेश फर्काउन हिमराइट्स केन्द्रीय कार्यालयबाट पहल शुरु गरिसकेको जनाइएको छ ।
यस्तै, वैदेशिक रोजगारीका नाम ठगिएका घटनापनि र्सार्वजनिक भइरहेका छन् । वैदेशिक रोजगारीमा ठगी गरेको भन्दै प्रहरीले सिस्नेरी गाविस-३ का ३१ वर्षीय वीरबहादुर लामालाई प्रहरीले पक्राउ गरेको छ । उनले मकवानपुर जिल्ला आमभञ्ज्याङ-५ की ३२ वर्षीय सानुमाया थिङ र आमभञ्ज्याङ गाविस-९ की सुस्मीता लामालाई एक वर्ष अघि कुवेत पठाएका थिए, विदेश पुगेका सानुमाया र सुस्मीता परिवारको सर्म्पर्कमा नरहेको भन्दै उजुरी परेपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो । यसैगरी हेटौंडाका विभिन्न क्षेत्रका वासिन्दा निरञ्जन कार्की, राजाराम बोगटी, विष्णुबहादुर न्यौपाने, तुलसीराम रुपाखेती र नवराज अधिकारीलाई वैदेशिक रोजगारीमा पठाउने भन्दै हेटौंडा-४ का ध्रुवचन्द्र थापाले ठगी गरेको भन्दै उनलाई २०६४ चैतमा प्रहरीले पक्राउ गरेको थियो ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरको तथ्याङ्कलाई हर्ेर्ने हो भने आर्थिक वर्ष २०६४/२०६५ को साउनमा ६०१, भदौमा ५०६, असोजमा ४४३, कात्तिकमा ७१४, मंसिरमा ८२२, पुसमा १०५१, माघमा ६२१, फागुनमा ६५६, चैतमा ३९२ र बैशाख महिनामा ६३३ जनाले राहदानी बनाएका छन् । यही तथ्याङ्कलाई विश्लेषण गर्ने हो भनेपनि मकवानपुरबाट वैदेशिक रोजगारीमा जानेको संख्या उल्लेख्य रहेको देखिन्छ । असुरक्षित वैदेशिक रोजगारीले समस्या उत्पन्न गराइरहेको कुरालाई मध्ये नजर गर्दै यसबारे सचेत तुल्याउन हिमराइट्स कार्यालयमा हेल्पलाइन शुरु गरिएको मध्यमाञ्चल क्षेत्रीय कार्यालयका संयोजक प्रेम दाहाल बताउछन्

पिल्सिए को अतित अझै दुख्न्ने गर्छ।

असिमित इच्छा अनि आकांछा बोकेर प्यारो मात्रिभुमि छोडि आकासमा उडिरहदा मनमा अनेकौ कुरा हरु खेलाउदै अवत्रण भए।जब यो देस मा पाइला टेके त्यसपछि घर तिर फोने गर्दै भने म बेलायत आए सबै ठिक छ। यस पछि कता जाने पत्तै थियेन जताहेरेयो उतै अचम्म लाग्द थियो तेस पछि बिसाल सुरुङ भित्र रेल मेरो लागि नौलो अनुभव अनि लामा कनभेयर लिफ्ट मान्छे का ताति दौदा दोउड हैन किन येति सारो हतार सबै लाइ, बेला बेला मा साथि सङ प्रश्न गर्द थिए, यो लन्डन हो नि,त। मनौ, मत साथि नभए लाटो जस्तै हुन्छु कि भन्ने हुनथियो।यतिकै मा गन्तब्य स्थल तिर आएपुगियो जहा नेपलिहरु को धरै बसोबास रहेछ। म बस्ने भनिएको ठाउ मा केटा ठिटा हरु आनि एक दम्पति थिए परिचय भयो। र मैले पनि परिचय दिए। सुरु को प्रस्न थियो भाइ कुन भिसा मा हो मैले भने म बिधार्थि मा हो। ए ल ठिकै छ गारो छ क्यारे बिधार्थि लाइ त, अनि हजुर कुन भिसामा हो नि? म, भिजिट मा हो केस गरेका छौ हामीले भने। एकदिन २दिन गर्दै दिन हरु बितदै थिए। घर बाट ल्याएको पैसा दिना नु दिन घट्दै थियो। अनि पिरलो सुरु भयो के गरु न गरु? मेरो कलेज अनि मेरो बिसएको पढाइ लाइ थाति राखि बाध्यता लाइ नकार्न सकिन र अर्कै कलेज मा भर्ना भये।तेति बेला सम्मा काम् को खोजिमा थिये कसिले के भन्छ कसैले के भन्छ बडा अन्योल को अवस्थ थियो। एक मनले फर्किउ जस्तो लगेको थियो। घर मा फोन गरे मत फर्किन्छु उता बाट सबै नफर्कि भन्छन्। म एक्दम् दोधरमा थिये। मेरो यो अवस्त देखेर एक्जानले काम् मिलाइ दिये तर पनि काम् मलाइ पट्कै मन नपरिनपरि १-२ महिना धकेले, यो ठाउ मा काम राम्रो ठाउको खोजि गरिदिने बचा सहित एक्जन को नेपालिकै घरम जाने निधो गरे। किनाकि राम्रो वा कुनै पनि काम को लागि इन्सुरेन्स नम्बर। बैन्क् खता खोल्न, आवस्यक पर्दो र्हेछ यो निकाल्न लागि पनि महङो भाड तिर्न बाहेक अरु कुनै बिकल्प थिएन। दिन हरु बित्दै थिये एक् पछि अर्को समस्यले कहिलेइ छोडेन सायेद सबै म जस्तै बिधार्थि लाइ एस्तै भयो होला। सरमंसमा,केहि नेपालि हरुको डाहाडेपन, मैले जे दुख पाएं त्यो अरुले पनि भोग्नु पर्छ भन्ने हेङ ओभर मानसिकता। आधा इन्फोर्मेसन दिने,आध नदिने म भन्द मथि नपुगोस भनि खुट्टा तानिरहने। काम मिलाएदिये जस्तोगरि घरमा बसाउने र घर को मोर्गेगेज तिरेर नाफा कमाउने नेपालि ले नेपालि लाइ नै चुस्ने प्रबिर्ति अझै छ। येस्ता मान्छे को जमात ले उच बिचार र जोसिलो आकानंछा लियेर आयेको कुनै पनि नेपालि बिधार्थि बरु एक्लै यो जमात भन्दा पर रहि केहि तिता मिठा अनुभव सगालि लक्छ्य पुरा गरि समयको सदुपयोग गरि देसकोलागि केहि लियेर जान सकियोस।

च्यानल नेपालको मेरो जागिर “चट”

च्यानल नेपालको मेरो जागिर आजैका मितिदेखि लागू हुने गरी “चट” भएछ। सुनेको त थिएँ १ गतेदेखि व्यापक म्यानपावर कटौति हुँदैछ भनी। तर मलाई त थाहा पनि थिएन। बिहानको सिफ्टमा मजाले आफ्नो र अरुको पनि (मेरो काम अन्तर्राष्ट्रिय समाचारको डेस्कमा हो, समाचार बनाउने, त्यस अनुसारको भिजुअल खोज्ने अनि एडिटिङमा मिलाउने। तर अरु मान्छे नभएकोले बिहानी डेस्कका शम्भु पोखरेलले सहयोग गर्न आग्रह गरे बमोजिम अरु समाचार टाइप गरेर मिलाइदिई पावरप्वाइन्टमा स्लाइड मिलाएर पढाउन समेत सहयोग गरिरहेको थिएँ केही दिनदेखि) काम सकाएर घर फर्किसकेको थिएँ। साँझ सहकर्मी बालचन्द्र मिश्रले फोन गरेर हाजिरकपीमा मैले बिहान गरेको हाजिरलाई समेत केरेर “लेफ्ट” भनी लेखिएको छ भनेपछि मात्र थाहा पाएँ। उहाँका अनुसार “कू”मा पर्ने न्युजका अरु सहकर्मीहरुमा राधेश्याम दाहाल, मणी दाहाल, रञ्जन झा, कोमल शेरचन पनि रहेछन्। इन्टरटेनमेण्टका प्रायः सबै पनि निकालिनेमा परेका छन् रे। निकालिएकोमा भन्दा पनि अब गरिसकेको कामको पैसा कसरी उठाउने भन्ने चिन्ताले पो सताउन थाल्यो त मलाई। हिसाब गरी हेर्दा त पोहोरको असोज, कात्तिक, मंसिर, पुस, माघ, फागुन, चैत र यस वर्षको भदौ र असोज अनि स्पेसटाइममा काम गर्दाखेरीको असार, साउन र भदौ गरी एक वर्ष बराबरको तलब रकम पो उठाउन बाँकी रहेछ त। पैसा नलिई अवकाश पत्र बुझ्ने कुरा त आउँदैन। खै, कसरी, के पो गर्ने हो, म त सार्‍है दुविधामा पो परेँ त। बाँकी
च्यानल नेपालबाट अलग्गिनु परेकोमा खासै दुःख लागेको छैन भनेर भनौं भन्दा पनि किन-किन त्यो खबर सुनेदेखि मन अलि अशान्त झैं भइरहेको छ। यो जागिर भन्ने चिज पनि अनौठोको हुने रहेछ। तलब समयमा नआउने भए पनि जागिर छ भन्ने एउटा भर हुने रहेछ। १० वर्षभन्दा बढी भयो मैले पत्रकारिता गरेको तर आज पहिलो पटक बिना कुनै जागिर स्वतन्त्र बनेको छु म।
मलाई थाहा छ नेपालका एक-दुईलाई छाडेर सबै मिडिया हाउसको आर्थिक स्थिति ठीक छैन। कुन ठाउँमा कति महिना भयो तलब नदिएको भनी प्रतिस्पर्धा चल्छ। यी कुराहरु सार्वजनिक रुपमा बाहिर आउँदैनन्। बिचरा पत्रकारहरु, सबैको दुःखका बारेमा लेख्छन्, तर आफ्नै दुःख चुपचाप सहन्छन्। अरु विकल्प पनि छैन उनीहरुको।
पहिला स्पेसटाइम र पछि च्यानल नेपालमा हुँदा कहिले पनि समयमा तलब पाइएन। त्यसअघि म सिटी टाइम्स सन्ध्याकालीन दैनिकमा सम्पादकका रुपमा काम गर्थेँ। त्यहाँ पनि झण्डै पाँच वर्षसम्म काम गर्दा मलाई तलब भनेर छुट्याएर कहिले रकम दिइएन। त्यहाँ काम छाड्नु केही महिनाअघि मात्रै मलाई केही रकम तलबका रुपमा दिइने भनी छुट्याइएको थियो तर त्यो पनि नियमित नभएपछि मैले त्यहाँ काम गर्दागर्दै नयाँ सडक दैनिकमा काम थालेको थिएँ। तर नयाँ सडक पनि बन्द भयो। त्यसपछि स्पेसटाइममा आएँ। भदौ १६ को कान्डमा तोडफोड भएको कारण देखाई त्यो पनि बन्द भयो। अनि च्यानल नेपालमा हामीलाई सरुवा गरिएको थियो।
यसअघि २०६० वैशाख २९ गतेको दिन म सम्झन्छु। त्यतिबेला मैले पाँच वर्षदेखि काम गरिरहेको सिटी टाइम्स सन्ध्याकालीन छाड्ने कठोर निर्णय गरेको थिएँ। खासमा स्पेसटाइमबाट तीन महिना हुन लाग्दा पनि तलब नदिएकोले आर्थिक अभाव सार्‍है भइरहेको थियो । खल्तीमा पैसाको एकदमै कमीका कारण शान्तिनगर( स्पेसटाइम कार्यालय) देखि घर कालिमाटीसम्म हिँडेर आएको पनि कति दिन भइसकेको थियो । अनि भोलिपल्ट पीएलपी (मेरी एक महिला मित्र) को बिहेको भोजमा जानका लागि दाइजो पनि किन्नु थियो । त्यसैले शुक्रबारदेखि नै मैले सिटी टाइम्सका एकाउन्टेण्ट उत्तमलाई अलिकति पैसा चाहिन्छ है भनेर भनेको थिएँ । आइतबार उसले कुरा गरेको थियो रे त्यो प्रकाशनका सर्वेसर्वा सुजिव बज्राचार्यसित। त्यो दिन दिने नामै लिएन । उसले अलि पछि आउन मिल्छ? भनेर सोध्दैथियो र मैले चाहिँ अब भोलिमात्रै आउँला भनेर भनेको थिएँ। तर आज पैसा भयो भनेर सोध्दा त उसले मेरो कुरामा सुनुवाई होला जस्तो लागेन अब आफै एकचोटी कुरा गर्नु भनेर पो भन्यो । त्यसपछि त मलाई झनक्कै रिस उठ्यो । चाहिएको बेला दुई हजार पनि दिन नसक्ने अफिसमा किन काम गरिरहनु जस्तो रिस उठ्यो ।
त्यति नै बेला अब म सिटी टाइम्स छाड्छु भन्ने सोचिसकेको थिएँ । तर त्यतिबेला रिसलाई सम्हालेर बसेँ र त्यो दिनको सबै काम सकाएर निस्केँ । बाटोभर रिसले मुर्मुरिरहेको थिएँ ।
अरू बेला भएको भए स्पेसटाइम पनि जाँदिन थिएँ होला मूडअफ भएकोले। तर त्यो दिन सहकर्मी बालचन्द्र मिश्र पनि विदामा बस्नुभएकोले जानै पर्ने बाध्यता थियो । त्यसैले बिस्तारै हिँडेँ अफिसतिर । टेम्पोभर पनि म त्यही कुरा सोच्दै थिएँ र जस्तै भावनाले जित्न खोजे पनि त्यसलाई दबाएर म सिटी टाइम्स जाँदै जाँदिन भन्ने निर्णय गरेको थिएँ।
त्यो दिन मैले आफ्नो व्यक्तिगत डायरीमा यस्तो लेखेको रहेछु,
“सिटी टाइम्स नजाने भनेर मैले गरेको निर्णय सही हो वा होइन त्यो त भविष्यले नै बताउँछ तर मैले त्यत्रो गर्दा पनि मलाई आवश्यक परेको बेलामा दुई हजार वा जतिसुकै भए पनि पैसा दिन इन्कार गर्नुले मेरो चित्त नदुख्ने भनेको त हुँदैन । पैसा नै नलिई त कसले पो काम गर्छ र । फेरि त्यहाँ सबैभन्दा बढी जिम्मा पनि त मेरै नै थियो । खैर छादिदिउँ यी कुरा। अब जे हुन्छ भविष्यले देखाउँछ।”
आज फेरि च्यानल नेपालबाट निकालियो रे भन्ने सुन्दा झण्डै-झण्डै त्यस्तै अनुभव भइरहेको छ। कम्प्युटरमा यी शब्दहरु टाइप गरिरहँदा पौने दुई बजेको छ। यत्रो वर्ष कुनै न कुनै संस्थामा जागिर खाएर बसिरहेको आज एकाएक स्वतन्त्र हुन पुगेको छु। अब मेरो लागि यो ब्लगबाहेक अरु केही मञ्च छैन। न आम्दानीको कुनै स्रोत नै छ। बाँच्नका लागि के गर्ने हो, निश्चित गरिसकेको छैन। केही दिन त च्यानल नेपाल नै जानुपर्ला, आखिर पत्र नबुझेसम्म त वैधानिक रुपमा त्यहीँ कै हुँ नि म।
जस्तै दुःखकष्ट भए पनि काम गर्दाको तलब पाए च्यानल नेपाललाई नमस्कार गरेर उत्तरोत्तर प्रगतिको कामना गरेर खुसी साथ नै हिँडिन्थ्यो। तर गरिसकेको कामको पनि तलब दिन कति झुलाउने हो, यो सोचेरै दिक्क लागिरहेको छ। हे भगवान्, सहायता गर। दुःखको बेला भगवान नै सम्झिनु पर्दो रहेछ……..!

Search Result