Result

Search Your Symbol no.


yy/mm/dd
Hint: Date of Birth 43/03/03
**Above Marks are not the final marks. Marksheets provided by Board is the final result

Forex

Amount:
From:
To:
Currency conversion powered by coinmill.com.

Wednesday, May 27, 2009

नेपाल एउटा आइटीपार्क ...

बुझ्नुभो, ६ महिनामा नेपालको बेरोजगारी समस्या हल गर्न सकिन्छ ।'
आइटी—संवाद
रूद्रप्रसाद गिरीसँग
चुनावी सरगर्मीका वेला भीडलाई तरंगित पार्न कुनै नेताको मुखबाट निक्लेको भाषण होइन यो । तिलजति पनि राजनीतिक महत्त्वाकांक्षा नभएको सूचना-प्रविधि विज्ञको मुखबाट निक्लेको आशा हो ।

गाउँको चौतारोदेखि सहरको चोकसम्म हतास र कुण्ठित बेरोजगार युवायुवतीका प्रलाप र सुस्केरा छताछुल्ल पोखिएका छन् । के गर्ने र कहाँ जाने कुनै टुंगो नभएकाहरू 'क्या झुर देशमा जन्मिएछ, यार' भन्दै निराशाको अन्धागल्छीमा खसिरहेछन् ।

हात, दिमाग र हृदयले गर्ने हो आइटीको काम । प्राकृतिक रुपले यति सुन्दर र सम्पन्न राष्ट्रका मान्छेका दिमाग र हृदय ताजा र स्वच्छ हुन्छन् । स्वच्छ र ताजा दिमाग र हृदय भएकाहरूले सूचना-प्रविधिका काम झन् दक्षतासहित गर्न सक्छन् ।
बेरोजगारीको यस्तो राष्ट्रिय महामारीमा ६ महिनामा यसको पत्तासाफ हुन सक्छ भन्ने मान्छे कि बौलाहा हुन्छ कि कोरा स्वप्नवादी । किनभने, हामीलाई अँध्यारोमा यति बानी परिसकेको छ कि कसैले उज्यालोको कुरा गर्‍यो भने पनि आँखा तिर्मिराउँछन् । पाम इन्फोटेकका प्रमुख कार्यकारी अधिकृत रुद्रप्रसाद गिरीलाई कसैले बौलाहा भनोस् या स्वप्नवादी या चम्बु गफाडी, उनलाई कुनै आपत्ति छैन । उनी विश्वास गर्छन्- जनसंख्याको ठूलो हिस्सालाई सूचना-प्रविधिमा व्यावसायिक दक्षता प्रदान गरेर ६ महिनामा नेपालको बेरोजगारी समस्या निर्मूल गर्न सकिन्छ ।

कम्प्युटरप्रति लगाव
२२ वर्षको उमेरमा पहिलोपटक कम्प्युटर छोए गिरीले । नाइटो र्झनेबित्तिकै कम्प्युटरसँग खेल्न थाल्ने वर्तमान पुस्तालाई यो अस्वाभाविक लाग्न सक्छ । २०४६ सालमा नेपालमा कम्प्युटरले भर्खर-भर्खर चलखेल गर्न थालेको थियो । त्यसो त नेपालमा कम्प्युटरको प्रवेश नै ढिलो भएको हो । २०२८ सालमा जनगणनाका तथ्यांक संकलन गर्नका लागि नेपालमा कम्प्युटर भित्र्याइयो ।

चितवनको समा कम्प्युटर इन्टरनेसनलबाट कम्प्युटर सफ्टवेयरमा डिप्लोमा गरेका र अक्सफोर्ड कम्प्युटर इन्स्टिच्युटबाट सिस्टम एनालाइजिङ एन्ड स्त्रिप्ट राइटिङमा प्रशिक्षण लिएका गिरीको २०४६ सालदेखि कुनै दिन कम्प्युटर नछोई बितेको छैन । एक प्रकारले कम्प्युटरोहोलिक नै हुन् उनी ।

पाम इन्फोटेक
सुरुमा चितवनमा उनले सञ्चालन गरेको पाम इन्फोटेक प्राइभेट लिमिटेड हाल केडिया अर्गनाइजेसनको एक युनिटका रूपमा रहेको छ । आइटी प्रोफेसनल उत्पादन गर्ने मूल लक्ष्य रहेको पामको कार्यालय बानेश्वरमा छ । उनको आइटीसम्बन्धी 'भिजन'बाट प्रभावित भएर आइटीमा खासै ज्ञान नभएका केडिया अर्गनाइजेसनका अध्यक्ष विमल केडियाले सँगै काम गर्ने प्रस्ताव गरेपछि उनले सहर्ष स्विकार गरे । पामका माध्यमबाट सूचना-प्रविधि क्रान्तिमा यथाशक्य योगदान गर्न लालायित छन् गिरी ।

विदेशमा आइटी प्रोफेसनलको कमाइ
गिरीका अनुसार अमेरिकामा यौटा आइटी प्रोफेसनलले न्यूनतम मासिक दस हजार डलर कमाउँछ । त्यसमाथि आवद्ध कम्पनीबाट प्राप्त हुने आवास तथा सवारीसुविधा छँदै छ । भारतीय आइटी प्रोफेसनलहरूले पनि अमेरिकामा राम्रो कमाउँछन्, न्यूनतम मासिक आठ हजार डलर । नेपाली आइटी प्रोफेसनलहरूको चाहिँ छुट्टै ब्रान्ड भ्यालु बनिनसकेकाले उनीहरू मासिक न्यूनतम पाँच हजार डलर कमाउन सक्छन् ।

नेपालमा आइटी प्रोफेसनलहरूको खडेरी
पाम इन्फोटेकले २० जना आइटी प्रोफेसनल मागेको महिनौं भइसक्यो, तर भनेजस्ता आइटी प्रोफेसनल पाउन सकिरहेको छैन । तेजबुद्धि र प्रतिभाशाली आइटी प्रोफेसनलहरू अमेरिका र युरोपतिर दौडिहाल्छन् ।

नाङ्ले पसलजस्ता कम्प्युटर इन्स्टिच्युट
'यहाँ तीन महिनामा कम्प्युटर सिकाइन्छ', 'रोजगारी ग्यारेन्टीका साथ कम्प्युटर सिकाइन्छ' आदि विज्ञापनसहितको बोर्ड झुन्ड्याएर चोक-चोकमा बसेका छन् कम्प्युटर इन्स्टिच्युटहरू । तर, तिनले दिने प्रशिक्षण हलुका र स्तरहीन हुन्छन् । त्यस्ता इन्स्टिच्युटहरूबाट आइटी प्रोफेसनलहरू उत्पादन हुने कल्पनासम्म गर्न सकिँदैन । सूचनाप्रविधिको महत्त्व र मूल्यलाई आत्मसात् गरेर सूचना-क्रान्तिमा योगदान गर्न एकाध इन्स्टिच्युट मात्रै सक्षम र तत्पर छन् ।

आइटी प्रोफेसनललाई चिन्ने तरिका

कम्प्युटर शिक्षासम्बन्धी एक डोको सर्टिफिकेट बटुल्दैमा कोही आइटी प्रोफेसनल हुँदैन । २० मिनेटभित्र को आइटी प्रोफेसनल हो, को होइन भन्ने कुरा पत्ता लाग्छ भन्छन् गिरी । 'यदि कसैले मैले यो पनि जानेको छु, त्यो पनि जानेको छु भन्यो भने त्यो आइटी प्रोफेसनल हुनै सक्दैन । किनभने कम्प्युटर र सूचना-प्रविधि यति भास्ट (व्यापक) छ कि कुनै पनि मान्छे यौटा स्पेसिफिक (खास) क्षेत्रमा मात्रै विज्ञ हुन सक्छ । सूचना-प्रविधिमा म धेरैथरीको विशेषज्ञ हुँ भन्नु म दाँत, आँखा र मुटुको डाक्टर हुँ भनेजस्तै हास्यास्पद हुन्छ ।'

आइटी प्रोफेसनल जो पनि बन्न सक्छ
आइटी प्रोफेसनल बन्नका लागि धेरै पढ्नुपर्दैन । पाँच कक्षासम्म पढेकाले पनि यसको प्रशिक्षण लिन सक्छ । कम्प्युटरमा प्रयोग हुने अंग्रेजीको शब्दार्थ, व्याकरण जानिरहनुपर्दैन । उनी यस्तो उदाहरण दिन्छन्, ' कम्प्युटरमा प्रयोग हुने एडिट शब्दको फंकसन (काम) जाने पुग्छ, अर्थ थाहा पाइराख्न पर्दैन ।' सिक्ने चाहना र लगाव भएको जोसुकै पनि आइटी प्रोफेसनल बन्न सक्छ । औपचारिक शिक्षा कम भएका मानिस सफल आइटी प्रोफेसनल भएका धेरै उदाहरण छन् ।

कृषकलाई किन चाहिन्छ कम्प्युटर ?

वैज्ञानिक खेती प्रणालीको ज्ञान दिने कृषिको अडियो- भिज्युअल ट्युटर (सिडीमा श्रव्य/दृश्यसहितको प्रशिक्षण) बाट कृषकले कुन बालीमा कुन-कुन रोग लाग्न सक्छन्, मलखाद कति प्रयोग गर्नुपर्छ आदि जानकारी सजिलै हासिल गर्न सक्छन् । यसका लागि कम्प्युटर खोलेर सिडी हाल्न जाने पुग्छ । इ-लर्निङ भनिन्छ यो विधिलाई ।

'सिंगै नेपाल आइटीपार्क

नेपाल आइटी उद्योगका लागि विश्वको सबभन्दा उपयुक्त राष्ट्र हो भन्छन् गिरी । उनको तर्क छ, 'हात, दिमाग र हृदयले गर्ने हो आइटीसम्बन्धी काम । प्राकृतिक रूपमा यति सुन्दर र सम्पन्न राष्ट्रका मान्छेलाई आफ्ना दिमाग र हृदय ताजा र स्वच्छ राख्न सजिलो हुन्छ । स्वच्छ र ताजा दिमाग र हृदय भएको मानिसले सूचना-प्रविधिका काम झन् दक्षतासहित गर्न सक्छ । तसर्थ, पूरै नेपाललाई आइटीपार्क बनाइदिए हुन्छ ।'

औद्योगिक क्रान्तिका लागि सूचना-प्रविधि क्रान्ति
'नेपाललाई सियो पनि बनाउन नसक्ने देश भनिन्छ । तर, के विचार गर्नुस् भने नेपालले सियो बनायो भने यौटा सियोको सय रुपैयाँ पर्नेछ ।' गिरीका अनुसार नेपालमा सूचना-प्रविधि क्रान्तिबाट मात्रै औद्योगिक क्रान्ति सम्भव छ । औद्योगिक क्रान्ति नभई आर्थिक क्रान्ति हुँदैन । आर्थिक क्रान्तिविना भौतिक सुख र समृद्धि सम्भव छैन । जनताका हातमा पैसा भएन भने उनीहरू सुविधा खरिद गर्न सक्दैनन् । सुविधा खरिद गर्न नसकेपछि जीवन कष्टकर हुने नै भयो ।

६ महिनामा बेरोजगारी समस्या हल

कुनै पनि व्यक्तिलाई ६ महिनाको स्तरीय प्रशिक्षण दिएर आइटी प्रोफेसनल बनाउन सकिन्छ । ६ महिनामा सफ्टवेयर डेभलपमेन्ट, डेस्कटप पब्लिकेसन आदि आइटीसम्बन्धी कार्यक्रमहरूमा दक्ष जनशक्ति उत्पादन गर्न सकिन्छ । औपचारिक शिक्षाका सर्टिफिकेट मात्रै भएका, तर विशेष सीप नभएका बेरोजगारहरू पूरै दक्षिण एसियामा छ्यापछ्याप्ती छन् । हाम्रा विश्वविद्यालय बेरोजगार उत्पादन गर्ने कारखाना मात्रै भएका छन् ।

'कतै मन नडुलाई ६ महिनासम्म एकदम ध्यान दिएर प्रशिक्षण लिने हो भने आइटी प्रोफेसनल बन्न सकिन्छ । आइटीको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार यति ठूलो छ यसमा दक्षहरूले बेरोजगार रहनुपर्दैन ।' रुद्रप्रसाद गिरी आइटी उद्योगले नेपाललाई पाल्न सक्ने सम्भावनाबारेमा जनचेतना जगाउनुपर्ने टड्कारो आवश्यकता देख्छन् ।

कुनै साधारण टेम्पु ड्राइभरले यौटा सफ्टवेयर बनाएर अमेरिकाको मल्टिनेसनल कम्पनीलाई दस हजार डलरमा बेच्यो रे भन्ने समाचार पढ्न पाइएला ? औद्योगिक क्रान्तिमा एक भूमिका निर्वाह गर्न खोजिरहेका रुद्रप्रसाद गिरीसँग यो प्रश्न नसोधिए पनि उनको उत्तर सायद यस्तो हुन्थ्यो- 'अवश्य ।'

विनोदविक्रम केसी
gkcbinodbikram@gmail.com

विश्वव्यापीरूपमा बढ्दै गएको युवा बेरोजगारी समस्या नेपालका लागि पनि ठूलै चुनौती बनेको छ यतिबेला । बर्सेनि हजारौँको सङ्ख्यामा शैक्षिक बेरोजगार युवाहरू न

विश्वव्यापीरूपमा बढ्दै गएको युवा बेरोजगारी समस्या नेपालका लागि पनि ठूलै चुनौती बनेको छ यतिबेला । बर्सेनि हजारौँको सङ्ख्यामा शैक्षिक बेरोजगार युवाहरू नेपालमा उत्पादन भइरहेका छन् । उनीहरूलाई रोजगारीको अवसर दिलाउन सकिएन भने मुलुक गम्भीर आर्थिक सङ्कटमा धकेलिन सक्नेतर्फ सम्बन्धित विज्ञहरूले चेतावनी दिएका छन् । पछिल्लो समयमा सरकारले बेरोजगार युवाहरूका लागि लक्ष्यित गरी कार्यक्रम अगाडि सारेको छ । 'नयाँ नेपालको आर्थिक आधार बनौं सबै स्वरोजगार' नारा दिइएको सो कार्यक्रममा सहभागी हुन चाहने युवाहरूको आकर्षण पनि उत्तिकै बढेको छ । सरकारले बिनाधितो ऋण उपलब्ध गराएमा आˆनै देशमा व्यवसाय गरेर गुजारा चलाउने भन्दै अहिले देशका विभिन्न भागमा बेरोजगार युवा यो कार्यक्रमतर्फ तानिएका छन् । यसको कार्यान्वयन कसरी हुने हो त्यो भने हेर्न बाँकी छ । यसै सन्दर्भमा युवामञ्चले विभिन्न क्षेत्रमा आबद्ध युवाहरूसँग जिज्ञासा राखेको थियो-'बढ्दो युवा बेरोजगारी अन्त्यका लागि सरकारले कस्ता कार्यक्रमहरू घोषणा र कार्यान्वयन गर्नुपर्छ भन्ने ठान्नुहुन्छ ?' प्रस्तुत छ उहाँहरूको विचार -

रामसिंह रावल

युवा विचार-मञ्च : घोषणामै सीमित नहोस् स्वरोजगार कार्यक्रम

विश्वव्यापीरूपमा बढ्दै गएको युवा बेरोजगारी समस्या नेपालका लागि पनि ठूलै चुनौती बनेको छ यतिबेला । बर्सेनि हजारौँको सङ्ख्यामा शैक्षिक बेरोजगार युवाहरू नेपालमा उत्पादन भइरहेका छन् । उनीहरूलाई रोजगारीको अवसर दिलाउन सकिएन भने मुलुक गम्भीर आर्थिक सङ्कटमा धकेलिन सक्नेतर्फ सम्बन्धित विज्ञहरूले चेतावनी दिएका छन् । पछिल्लो समयमा सरकारले बेरोजगार युवाहरूका लागि लक्ष्यित गरी कार्यक्रम अगाडि सारेको छ । 'नयाँ नेपालको आर्थिक आधार बनौं सबै स्वरोजगार' नारा दिइएको सो कार्यक्रममा सहभागी हुन चाहने युवाहरूको आकर्षण पनि उत्तिकै बढेको छ । सरकारले बिनाधितो ऋण उपलब्ध गराएमा आˆनै देशमा व्यवसाय गरेर गुजारा चलाउने भन्दै अहिले देशका विभिन्न भागमा बेरोजगार युवा यो कार्यक्रमतर्फ तानिएका छन् । यसको कार्यान्वयन कसरी हुने हो त्यो भने हेर्न बाँकी छ । यसै सन्दर्भमा युवामञ्चले विभिन्न क्षेत्रमा आबद्ध युवाहरूसँग जिज्ञासा राखेको थियो-'बढ्दो युवा बेरोजगारी अन्त्यका लागि सरकारले कस्ता कार्यक्रमहरू घोषणा र कार्यान्वयन गर्नुपर्छ भन्ने ठान्नुहुन्छ ?' प्रस्तुत छ उहाँहरूको विचार -

रामसिंह रावल

पुँजीवादी सङ्कट र विश्व बेरोजगारी समस्या

ईश्वरी भट्टराई
कुनै पनि देशको आर्थिक रुपमा सक्रिय जनसंख्याले आफ्नो योग्ता वा क्षमता अनुसार काम गर्न पाउनु उसको अधिकार हो तर अहिलेको परिस्थितिमा विकसित लगायत विकासोन्मुख देशहरूमा बेरोजगारी समस्या प्रमुख रुपमा देखा परेको छ। विकसित देशहरू जापान तथा केही युरोपियन देशहरूले तुलनात्मक रुपमा बढी रोजगारी दिन सके पनि दिगो समाधान भने निस्केका छैनन्। नेपालको वर्तमान परिस्थितिमा त झन यो समसया विकराल बन्दै गइरहेको छ। स्वदेशमा रोजगारीका अवसरको अभावमा ठूलो संख्यामा नेपाली अदक्ष, अर्धदत्त र केही दक्ष कामदारहरू पनि विश्वका विभिन्न देशमा रोजगारीको खोजीमा गएका छन्। विभिन्न संघ संस्थाका अनुमान अनुसार ११ लाख नेपाली कानुनी रुपमा र त्यतिकै संख्यामा गैरकानुनी रुपमा नेपाली कामदार रोजगारीको सिलसिलामा विदेशीन बाध्य भएका छन्। रोजगारीको सिलसिलामा भारत जाने नेपालीको एकिन तथ्याङ्क छैन। यिनै कामदारहरूकै रेमिटेन्सले देशको अर्थतन्त्रमा ठूलो योगदान दिन सफल भएको छ। अहिलेको विश्वको आर्थिक मन्दीका कारणले विदेशीएका नेपालीको रोजगारी झन जोखिममा पर्दै गइरहेको छ। कैयौं नेपाली कामदारहरू मन्दीका कारणले मलेसिया, कतार , दुबई, अरेविया लगायतका देशबाट फिर्ता आइसकेका छन्। कैयौंको रोजगारी कम्पनीहरू टाट पल्टेका कारणले गुम्ने अवश्थामा पुगेका छन्। विदेशीएका नेपालीहरूको योगदान ठूलो भएपनि काम गर्ने देशमा उनीहरूले गर्ने काम अपवादमा केही संख्यालाई छाडेर हेर्दा निकै कष्टप्रदक, अस्वस्थ्यकर, जोखिमपूर्ण र अन्तराष्ट्रिय मापदण्डको अनुशरण नगरिएका हुन्छन्। बेरोजगारी समस्यालाई व्यवस्थित गर्न नेपालमा सरकारी निकायबाट प्रभावकारी पहल भएको पाइदैन जसले गर्दा कामदारको अवस्थामा कुनै सुधार हुन सकेको छैन। यसबाट के प्रप्ट हुन्छ भने बेरोजगारी संसारका करोडौं जनसंख्याको पिडा हो। पूँजीवादी देशका शहरहरू जहाँ तुलनात्मक रुपमा बढी पूर्वाधारहरूको उपलब्धताले गर्दा श्रमिकहरूको माग हुने गर्दछ तर यहाँ ठूलो संख्यामा श्रमिकहरू कामको खोजीमा भौतारिने गर्दछन्। तर नेपालमा पूर्वाधारहरूको विकास नभएको हुनाले हरेक दिन हजारौंको संख्यामा काम खोज्न धाउने समाजका निम्न तथा मध्यम वर्गका परिवारका सदस्यहरू आफ्नो योग्यता अनुसार काम पाउन असफल हुने गर्दछन्। यसरी ठूलो जनसंख्या सामाजिक रुपमा बहिष्कृत हुने गर्दछ। योग्ता अनुसारको काम नपाउनाले उनीहरू झन गरिबीको सिकार हने, आफूले आजृन गरेको क्षमताको दिन प्रतिदिन ह्रास हुँदै जाने र मानसिक रुपमा पिडित भइ डिप्रेसनको समेत सिकार हुन सक्दछन्। यसले गर्दा परिवारका सक्रिय जनसंख्या जसले अन्य आश्रित जनसंख्या केटाकेटी र बृद्धबृद्धाको सहारा झन परिवारको बोझ हुन पुग्दछन्। बेरोजगारीले सामाजिक हिंसाको दर बढ्ने, मृत्युदर र विभिन्न स्वास्थ्य समस्या देखापर्दछ। १ प्रतिशत बेरोजगारी बढ्दा २ प्रतिशत मृत्युदर बढ्ने , ३.४ प्रतिशत मानसिक रोगी बढ्ने र ४ प्रतिशत आत्महत्यादर बढ्ने एक अमेरिकी स्वास्थ्य अनुसन्धानले देखाएको छ। मानसिक काम गर्न चाहने तर पूँजीवादी समाज भने सक्रिय जनसंख्यालाई रोजगारीको अवसर प्रदान गर्ने अवस्थामा नहुनुको कारण के हुन सक्ला त? यसको लागि कार्ल मार्क्सले प्रश्ट्याउन खोजेका छन्। श्रम शक्तिको माग साधन, उपकरण, भवन, र श्रमशक्रि खरिद गर्नको लागि लगानी गरिने पूँजीबाट नभइ श्रमशक्ति लिनको लागि लगानी गरिने पूँजीबाट निधारण हुन सक्छ। पूँजीवादको विकाससँग न्यूनतम पूँजी श्रमशक्तिको मागको लागि लगानी गरिन्छ। भने अधिकतम पूँजीको प्रतिशत नयाँ अनुसन्धान प्रविधिको खोजी र नयाँ उपकरणको विकासमा लगानी गरिन्छ। नयाँ कामको अवसरमा तुलनात्मक रुपमा निकै प्रयास गरिन्छ। त्यसैले बेरोजगार कुनै प्रविधिक प्रगति नभइ उपयोग गर्ने पूँजीवादी तरिका हो। पूँजीवादीहरूको नयाँ उद्योगधन्दाको विकास सीमित व्यक्तिहरूलाई रोजगारी दिइ अत्याधुनिक उपकरणहरूको र नयाँ प्रविधिको प्रयोग गरी उत्पादन बढाएर ठूलो संख्यामा रहेका साना तथा मझौला उद्योगलाई धरासायी बनाउँदै ठूलो जनसंख्यालाई बेरोजगारी बनाउने गर्दछ। जसलवे हजारौं कामदारलाई रोजगारी दिइरहेका छन्। त्यस्ता उद्योगलाई टाट पल्टाउने कोशिस गर्दछन्।
यसरी बढ्दो बेरोजगारीलाई पूँजीवादीहरू आफ्नो फाइदाको लागि झन चरम रुपमा श्रम शोषण गर्ने माध्यमका रुपमा उपयोग गर्दछन्। श्रमिकहरू आफ्नो जागिर खोसिने डरले ज्यादा परिश्रम गर्न र हड्डी घोट्न बाध्य हुन्छन्। यसरी यो समाजमा काम गर्न पाउनुपर्ने अधिकारको सुनिश्चितता नभइ कामदारहरूको कुनै पनि समयमा काम खोसिने डर हुन्छ। केही समय पहिले भारतमा त्यहाँको प्रसिद्ध बायुसेवा कम्पनी जेट एअरवेजले अचानक १९०० कामदार कटौती गर्‍यो। कम्पनी घाटामा गएको निहुमा अचानक त्यसरी कामदार विना सूचना कटौती गर्दा धेरै तिरबाट विरोध भएपछि पुनः त्यो निर्णय फिर्ता लिनुपर्‍यो। पूँजीवादले विभिन्न समयामा संकटको सामना गर्नुपर्ने कुरा पुनः सत्य सावित भएको छ। आज विश्वमा देखा परेको आर्थिक मन्दी यसैको प्रमाण हो। जुन कुरा मार्क्सले धेरै पहले नै औल्याएका थिए। अहिलेको आर्थिक मन्दीले उनको सिद्धान्तको महत्व झन् बढाएको छ। आर्थिक मन्दीसँगै युरोपमा मार्क्सको कृति पूँजी (अबउष्त)ि को बजारमा माग बढ्यो र धेरै संख्यामा विक्री भयो। यसरी पूँजीवादी विकासको क्रममा भएको प्रविधिको विकास र वैज्ञानिक क्रान्तिको यदी उचित उपयोग हुन सकेमा वास्तविक रुपमा श्रमको उत्पादकत्व बढ्ने र छोटो समयमा धेरै उत्पादन गरी समयको बचत गर्दै अन्य सामाजिक काममा उपयोग गर्न सकिने थियो तर यसको ठिक उल्टो अझ तिब्र रुपमा श्रम शोषण गर्न प्रयोग हुने गर्दछ। नयाँ उपकरण प्रविधिको विकाससँगै कामदारहरू पुनः आफ्नो दक्षतामा विकास गर्नुपर्ने हुन्छ। यसरी दक्षताको विकासको लागि उनीहरू पुनः आफुले कडा परिश्रम गरेर कमाएको पैसा पुनः लगानी गर्नुपर्ने वा छोराछोरीलाई विकसित परिवेश अनुसार शिक्षा र तालिम दिलाउनुपर्ने हुन्छ। यसरी समग्ररुपमा हेर्दा पूँजीवादीहरूले गर्ने विकास र शिक्ष भनेको प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा बेरोजगारी सेना उत्पादन गर्ने शिक्षा हो। यसरी समाजका सबै सक्षम जनशक्तिलाई रोजगारी दिन पूँजीवादले नसक्ने कुरा प्रष्ट हुन्छ। यदी पूर्ण रुपमा रोजगारी दिने प्रयत्न गरेपनि क्षणिक अबधिको लागि वा जबसम्म पूँजीपतिले नाफा कमाउन सक्छन् तबसम्म मात्र हुन्छ। बजारमुखि अर्थतन्त्र निजीकरण र विश्वव्यापीहरणले सम्पूर्ण तल्लो तहको जनसंख्यालाई फाइदा नभइ मुठ्ठीभर मानिसको हातमा साधन र स्रोत पुर्‍याइ उनीहरूलाई नै फाइदा पुर्‍याउँछ। यसरी बेरोजगारी समस्या एउटा सानो प्रयासबाट समाधान हनु नसक्ने कुरा प्रष्ट छ। यसको लागि सही नीति, नियम र आर्थिक संरचनामा परिवर्तन गर्नुपर्दछ। यसरी समग्र आर्थिक र सामाजिक परिवर्तनले बेरोजगारी र अन्योल रहिरहने हो भने नेपालले निकै ठूलो क्षति व्यहोर्नुपर्ने देखिन्छ। यही अवश्था र अन्योलको स्थिति रहिरहेमा गाउँका सामानय लेखपढ गरेका युवायुवती देखि शिक्षित जनसंख्या सबै विदेशीने र दचबष्ल मचबष्ल तिब्र हुने कुरा नकार्न सकिदैन। पूँजीवादको विकासको शुरुवातमा यसले कुनै संकट र बेरोजगारको समस्या भोग्नु परेन र श्रमिकको जनसंख्या पनि त्यसबेला संगठनिक हिसाबमा कमजोर थियो र असंगठित थिए। त्यसबेला बुर्जुवा र पूँजीवादीहरू के भ्रम फैलाउन सकेका थिए भने पूँजीवादी समाजले मानिसलाई स्वतन्त्रता र असीमित अवसरहरू प्रदान गर्दछ।
पूँजीवादी समाज नै सबैभन्दा विकसित हो र कुनै संकट आइपर्ने छैन तर समयको अन्तरालसँगै पूँजीवादले अहिले निकै ठूलो आर्थिक संकट भोग्नु परिरहेको छ। केही दशक पहिले पनि यस्तो संकट भोग्नु परेको थियो। यसरी विभिन्न समयमा संकट भोग्दै भविष्यमा पनि यसले अझ ठूलो जटिल संकट भोग्ने कुरा अवश्यमभावी छ। नोकर जो आफ्नो डाड भाँचिने गरी काम गरेर थाक्दछ, एक किसान जो आफ्नो टुक्रा जमिनमा दिन रात खट्दछ र त्यो कामदार जसले निकै मुस्किलसँग छुट्टि पाउँछ। उनीहरूको लागि पूँजीवादी व्यवस्थाले कुनै हित गर्न सकेको छैन र सक्ने पनि छैन। समाजमा जतिसुकै विकास र परिवर्तन भएपनि ठूलो जनसंख्या परिवर्तन र विकासको अुनभूति गर्नबाट बन्चित भइराखेको छ। त्यही परिवर्तनको अनुभूति गर्न नसकेको र गरिब, बेरोजगार तथा किसान जनसंख्याले यस पूँजीवादी व्यवस्थालाई खरानी पार्ने कुरा अवश्यमभावी छ। यसलाई कसैले रोक्न सक्ने छैन।

बिदा नदिइ काममा लगाएको भन्दै पोखराका चार वटा पसलहरु मजदुरहरुद्धारा तोडफोड

मे दिवसमा पनि मजदुरहरुलाई बिदा नदिइ काममा लगाएको भन्दै शुक्रवार पोखराका चार वटा पसलहरु मजदुरहरुले तोडफोड गरेका छन् ।

न्युरोडमा रहेको वर्ल्ड टच, चिप्लेढुङ्गामा रहेका निभा द फेम्ली स्टोर्स र स्टार भिजन तथा पृथ्बीचोकको लिङ नेट कम्युनिकेशनमा मजदुरहरुले तोडफोड गरेको कास्की प्रहरीका प्रहरी नायब उपरिक्षक तुल्सी अधिकारीले जानकारी दिनुभयो ।

तोडफोडबाट, करिब एक लाख रुपैयाँ बराबरको धनमाल क्षती भएको प्रहरीले जनाएको छ । घटनाको बारेमा, मजदुर सँगठन र पसल संचालकहरु बिच भोलि वार्ता हुने पनि प्रहरी नायब उपरिक्षक अधिकारीले जानकारी दिनुभयो ।

कामको खोजीमा नेपाली महिला इराक पनि पुगे

स्वदेश फर्के


त्यस्तै १० जनबरीको दिन काम गर्ने शिलशिलामार् इराक आएका ७ जना नेपाली स्वदेश फिर्ता भएका छन् । दलालले भनेको काम र तलब नपाएकोले आफूहरु स्वदेश फर्किन लागेको जनकपुर घर बताउने गिरी थरका एक नेपालीले नेपालीपोष्टसँगको भेटमा बताए ।


दलालले पठाएको संझौता पत्रमा आफूलाई राम्रो काम दिने प्रलोभन दिएकोमा यहाँ इराक आएपछि मजदुरका रुपमा काम लगाएका कारण आफू नेपाल फ्किन लागेको कुरा गिरीले बताए ।
केही समययतादेखि भने नेपालीहरु इराक आउने क्रम रोकिएको छ । त्यसो त नेपाल संविधान सभामय भैरहेको बेला इराकमा रहेका नेपालीहरु पनि खुशी भएका छन् ।
इराकमा रहेका नेपालीहरुले पनि सरकार र मधेशी नेताहरु बिच भएको सम्झौताको स्वागत गर्दै सम्बन्धित समयमा संविधान सभाको निर्वाचन होस् भन्ने कामना गरिरहेका छन् ।

कामको खोजीमा नेपाली महिला इराक पनि पुगे

वैदेशिक रोजगारीको लागि नेपालबाट अन्य मुलुकहरुमा महिला कामदारको रुपमा काम गर्न जाने क्रम तिब्र भइरहेको बेला नेपाल सरकारबाट कुनै पनि कामदारलाई जानबाट प्रतिबन्ध लगाएको मुलुक इराकमा गत २७ फेव्रुअरीका दिन २ नेपाली महिला कामदार आइपुगेका छन् ।
२६ फेव्रुअरीका दिन काठमाडौंबाट दुबई हुँदै उनीहरु इराक आएको कुरा नेपालीपोष्टसँगको भेटमा उनीहरुले बताए । इराकमा राम्रो तलब छ अनि सुविधाहरु प्रशस्त मात्रमा पाइन्छ र काम पनि धेरै गर्नु पर्दैन भनेर आफूहरु इराक आइपुगेको कुरा पनि उनीहरुले बताए ।
नाम उल्लेख गर्न नचाहने धादिङ घर बताउने ती नेपाली महिलालाई नेपालबाट इराक काम गर्न आउन प्रतिबन्धित मुलुक हो नि थाहा छ भन्दा ती महिलाले मेरो साथीको आफ्नो मान्छे यहाँ पहिले नै आउनुभएको र उहाँले नै बोलाएर आफूहरु इराक आइपुगेको कुरा नेपालीपोष्टसँगको भेटमा ती महिलाले बताइन्

करिब १५ मिनेटको ट्याक्सी यात्रा पछि मेरो बस्ने ठाउँ आइपुग्यो । ट्याक्सीमा एयर कन्डिसन

करिब १५ मिनेटको ट्याक्सी यात्रा पछि मेरो बस्ने ठाउँ आइपुग्यो । ट्याक्सीमा एयर कन्डिसन भएकोले गर्मी भएको थिएन काठमाडौमा लगाएको ज्याकेट ट्याक्सीबाट ओर्लेपछि खोल्नु पर्यो गर्मीले । अनि होस्टलको अफिसमा केहि कागजातहरु मिलान र पासपोर्टको फोटोकपी दिएपछि मेरो कोठा उनिहरुले देखाई दिए । त्यसपछि भोली विहान ८ बजे स्टूडेन्ट पास लिन जानु पर्छ म विहान आउँछु भन्दै ति अधिकारी विदा भए । ज्या ! हतारमा घरमा फोन गर्नै विर्सिएछ । लामो यात्राको थकानले गर्दा धेरै बेर बस्न सकिएन, ब्याग थन्काएँ र निदाएँ । फोटो पहिलोः yohanes

Banki

तल देखिएका रमणीय दृष्य हेर्दै समुद्र माथि आई पुगियो दृष्य साह्रै मनमोहक थियो । मेरा छेउमा दुई जना वृद्ध जोडी खुब रमाएर बाहिरका दृष्य हेर्दै थिए । यात्राको क्रममा भर्नु पर्ने ईम्बार्केशन फारम भर्न मैले सहयोग गरें, उनि छोरी ज्वाईँ भेट्न आएका रहेछन् । करिब साँढे चार घण्टाको यात्रा पछि रातको करिब नौ तीस बजे सिंगापुरको चाङगाइ विमानस्थल माथि आई पुग्दाको दृष्य अति नै सुन्दर थियो झललल बलेको शहर यो नेपाली लोडसेडिङ खेपेको आँखाले हेर्न पाउनु कत्रो सौभाग्यको कुरा ।

विमानस्थल भित्र आईपुगेपछि नेपाल र सिंगापुरको फरक देख्न पाईयो । कति अव्यवस्थित हाम्रो विमानस्थल र यहाँ कति राम्रो व्यवस्थापन । हाम्रोमा चाहि मान्छे धेरै काम चाहिँ नहुने जस्तो अनुभव भयो मलाई । ईमिग्रेशनमा ५ मिनेट जति लाग्यो क्यार फाराम र डकुमेण्टहरु देखाउन । पर्यटकीय मुलुक भएकोले ७ दिनको भिजिट भिसा चाहिँ अन एराईभल नै दिँदो रैछ । पासपोर्टमा छाप हानेपछि सात दिनलाई ढुक्क भयो । अनि ब्यागेज लिन गए र पछि विमानस्थलमा मलाई लिन आएमा अधिकारीसँग भेट भयो उनले त्यहाँको टुरिज्म सेन्टर देखाए । टूरिज्म सेन्टरबाट नै सिंगापुरको धेरै कुरा थाहा भयो । एकछिन त्यहाँ अलमलिएँ र आफूलाई आवश्यक पर्ने नक्सा तथा ब्रोश्योरहरु ब्यागमा हालें । त्यसपछि ट्याक्सीमा चढियो दुबै जना । ट्याक्सी यात्राका क्रममा उनले मलाई नेपालको बारेमा सोधे मैले थाहा भए जति कुरा भन्ने प्रयास गरेँ । नेपालमा विदेशीहरु ध्यान गर्न आउने कुरा भन्दा उनि साह्रै प्रभावित भएका थिए । सिंगापुरबाट पनि नेपाल जाने पर्यटकहरु मध्ये केहि ध्यान गर्नका लागि नै पनि जाने रहेछन्, उनका साथीहरु पनि गएका थिए रे उनि पनि एक पटक नेपाल आएका रहेछन् । उनलाई खास दुई दिनको लागि तोकिएको रहेछ एकदिन मलाई विमानस्थलबाट बासस्थान सम्म पुर्याउने र भोलिपल्ट ईमिग्रेशन, बैक र स्कूल भर्नाको काम सकेपछि उनको काम फत्ते हुने रैछ ।

बाटोमा उनले बैक तथा सपिङ सेन्टरका ठूला ठूला भवन, सिंगापुरको पुरानो कार्गो पोर्ट र सिगापुर फ्लायरको संसारकै सबैभन्दा ठूलो रोटेपिङ देखाए जुन प्राविधिक गडबडीका कारण बन्द भएको थियो, अहिले चाहिँ खुलीसक्यो । मेट्रो ट्रेन र बसमा ईलेक्ट्रोनिक पेमेन्ट गर्न ईजिकार्ड (लगभग एटीएम कार्ड जस्तै हो छुवाए मात्र पुग्ने) प्रयोग गर्दा अलि सस्तो पर्ने रहेछ ।

गाउँलेको सिंगापुर यात्रा १

गाउँमा जन्मेर सिगापुर घुम्न पाउनु ठूलै भाग्य हो । नेपालीलाई देखाईएको सिँगापुरे सपनाको प्रत्यक्ष्य अनुभव गर्न पाईयो । अब म सुनाउँछु मेरो सिंगापुर बसाईको कथा ।

वर्ष २००८ को अन्त्यतिर अध्ययनका लागि मौका मिल्यो । सिंगापुर जाने तयारीका साथ विमानस्थल पनि पुगेँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थानस्थलमा निकै घुईँचो थियो विदेश जानेको । कोहि अमेरिका, कोहि अष्ट्रेलिया कोहि दुबई, कोहि मलेशिया, कोहि सिंगापुर यस्तै यस्तै । धेरैजसो नेपालीहरु काम गर्न जान लागेको पाएँ । अलि कम पढेका जस्ता देखिने नेपालीहरुको संख्या धेरै थियो । म्यानपावरका मान्छेको दौडा दौड नि देखियो । ईमिग्रेसनमा भर्ने फर्म भर्न नसक्ने नेपाली कामदारहरुको संख्या धेरै हुने भएकोले म्यानपावरका मान्छेलाई हम्मे हम्मे हुने रैछ । निकै बेर लाम लाग्नु पर्यो ईमिग्रेशन र सेक्युरिटी चेक गर्ने लाईनमा ।

मलाई विदा गर्न आउनु भएका बा, आमा र भाईहरुलाई फोन गरेँ र विदा भएँ । अलि नरमाईलो लाग्यो । त्यसपछि जेट भित्र पुगियो र जेट गुड्यो पनि तर फेरि रन वे मा रोकियो विमानस्थलको प्राविधिक कारणले । रन वे मै आधा घण्टा जेटले विश्राम लिएपछि बल्ल जेटले भुईँ छोड्यो ।

Search Result