Result

Search Your Symbol no.


yy/mm/dd
Hint: Date of Birth 43/03/03
**Above Marks are not the final marks. Marksheets provided by Board is the final result

Forex

Amount:
From:
To:
Currency conversion powered by coinmill.com.

Wednesday, August 27, 2008

विदेशमा हराउदै

ध्रुब अधिकारी, मकवानपुर । जिल्लाको हाँडीखोला गाउं विकास समिति-६ कालीदमार निवासी २४ वर्षीय रामहरी लामिछाने वैदेशिक रोजगारीकालागि मलेसिया जानु भएकोमा हाल परिवारको सर्म्पर्क बाहिर हुनहुन्छ । त्यस्तै आमभञ्ज्याङ गाविस-४ सोलिथुमका २५ वर्षीय कूलप्रसाद घिमिरेपनि राम्रो पैसा कमाई हुने लोभमा दुवई जानु भएको छ तर उहांकोपनि अहिले परिवारसंग सर्म्पर्क भइरहेको छैन ।
हाडीखोलाका रामहरी र आमभञ्ज्याङका कूलप्रसाद त उहाहरण मात्रै हुन् । उनीहरु जस्तै वैदेशिक रोजगारीमा गएर परिवारको सर्म्पर्क बाहिर रहेका अरु थुप्रै घटना हुन सक्छन् । जुन कुरा बाहिर आउन सकेको छैन । परिवारको सर्म्पर्कमा नरहेका आफन्तको खोजतलास कसरी गर्ने भन्ने कुरा थाहा नपाएरपनि यो कुरा बाहिर नआएको हुनसक्छ । यही कुरालाई ध्यानमा राखेर सुरक्षित वैदेशिक रोजगारीबारे परामर्श प्रदान गर्न र विदेश पुगेर अलपत्र परेकाहरुको खोजतलासमा सहयोग गर्न ५ महिनाअघि हेल्पलाइन स्थापना भएको हिमराइट्स हेटौंडाले जनाएको छ ।
रामहरी २०६३ कात्तिक २५ गते वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका हुन् । उनी राजधानीको अनामनगरमा रहेको भण्डारी ओभरसिज मार्फ मलेसिया पुगेका थिए । उनलाई स्टेशनरी उद्योगमा काम दिने भनिएपनि कार्टु उद्योगमा गाह्रो काम लगाइएको थियो । २०६३ चैतमा ४० हजार पैसा पनि पठाए र २०६४ जेठमा अन्तिम पटक फोन सर्म्पर्क भएको थियो । त्यसपछि उहाँको परिवारसंग सर्म्पर्क नभएको जानकारी प्राप्त भएको छ । छोरासंग सर्म्पर्क नभएको एक वर्षभएको र विदेश जाँदा लिएको १ लाख १० हजार ऋण तिर्न नसकेपछि उनका बुबा भक्तबहादुर लामिछाने चिन्तित हुनुहुन्छ । उहाँले छोराको खोजतलास र स्वदेश फर्काउन पहल गरिदिन हिमराइट्स कार्यालयमा २०६४ चैत १३ गते निवेदन दिनु भएको छ । निवेदनको आधारमा २०६५ बैशाख २४ गते गृह, परराष्ट्र र श्रम मन्त्रालयमा रामहरीको खोजतलास र स्वदेश फिर्ता ल्याउन अनुरोध गर्दै पत्र बुझाइएको छ । ती मन्त्रालयहरुबाट पहल भएको कुरा बताइएपनि ठोस काम भने अहिलेसम्म हुन नसकेको हिमराइट्सका हेल्पलाइन अफिसर खेम बोलखेले बताउनु भयो ।
त्यसैगरी, कूलप्रसाद २०६४ कात्तिक २१ गते वैदेशिक रोजगारीको शिलशिलामा दर्ुवई पुगेका थिए । काठमाण्डौमा रहेको एभरेष्ट म्यानपावर एजेन्सी मार्फ उनी दर्ुवई पुगेका हुन् । अर्जुन देवकोटा नाम गरेका व्यक्तिले कूलप्रसादलाई सर्म्पर्कमा ल्याएर विदेश पठाएको बुझिन आएको छ । उनले दर्ुवई पुगेर लाजेएन सुल्तान कम्पनीमा एक महिनासम्म काम गरेको र त्यसपनि उनी सर्म्पर्क बाहिर रहेको पारिवारिक श्रोतले हिमराइट्समा जानकारी दिएको छ । वैदेशिक रोजगारीको लागि गएका छोरा सर्म्पर्क बाहिर भएपछि खोजतलास र स्वदेश फर्काउन पहल गरिदिन अुनरोध गर्दै उनका भाई रामजी घिमिरेले २०६५ बैशाख १७ गते हिमराइट्समा निवेदन दिनु भएको छ । उहाँको खोजतलासको लागिपनि सम्बन्धित निकायमा पत्र पठाउने तयारी भइरहेको तथा आवश्यक कागज पत्रको अभावमा प्रक्रिया अगाडि बढी नसकेको जनाइएको छ ।
रामहरी र कुलप्रसाद त परिवारको सर्म्पर्क बाहिर रहेका छन्, तर हेटौंडा-१ निवासी ४० वर्षीय विनोद लामा भने विदेशमा लागु औषध सम्बन्धी अभियोगमा थुनामा परेको हिमराइट्समा जानकारी प्राप्त भएको छ । २०६३ साल बैशाख १० गते घरबाट हिडेर बैशाख १३ गते दिल्लीबाट वैदेशिक रोजगारीको शिलशिलामा कुवेतकालागि उड्नु भएका लामाले कुवेतमा सवारी चालकको काम गर्नु भएकोमा इराक समान पुर्याएर र्फकदै गर्दा डेढ किलो चरेश फेला परेपछि उनलाई प्रहरीले पक्राउ गरी थुनामा राखेको छ । उनलाई कुवेतको कगभिदष्ब प्रहरी कार्यालयमा थुनेर राखिएको छ । उनले बयानका क्रममा आफू निर्दोष रहनु भएको कुरा बताउदै आउनु भएको र अहिले उहाँको जीवन जोखिममा रहेकाले जीवन रक्षा र शकुसल स्वदेश फर्काउन पहल गरिदिन अनुरोध गर्दै श्रीमति बुद्धकुमारी लामाले जेठ १९ गते हिमराइट्समा निवेदन दिनु भएको छ । उनको जीवन रक्षा र स्वदेश फर्काउन हिमराइट्स केन्द्रीय कार्यालयबाट पहल शुरु गरिसकेको जनाइएको छ ।
यस्तै, वैदेशिक रोजगारीका नाम ठगिएका घटनापनि र्सार्वजनिक भइरहेका छन् । वैदेशिक रोजगारीमा ठगी गरेको भन्दै प्रहरीले सिस्नेरी गाविस-३ का ३१ वर्षीय वीरबहादुर लामालाई प्रहरीले पक्राउ गरेको छ । उनले मकवानपुर जिल्ला आमभञ्ज्याङ-५ की ३२ वर्षीय सानुमाया थिङ र आमभञ्ज्याङ गाविस-९ की सुस्मीता लामालाई एक वर्ष अघि कुवेत पठाएका थिए, विदेश पुगेका सानुमाया र सुस्मीता परिवारको सर्म्पर्कमा नरहेको भन्दै उजुरी परेपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो । यसैगरी हेटौंडाका विभिन्न क्षेत्रका वासिन्दा निरञ्जन कार्की, राजाराम बोगटी, विष्णुबहादुर न्यौपाने, तुलसीराम रुपाखेती र नवराज अधिकारीलाई वैदेशिक रोजगारीमा पठाउने भन्दै हेटौंडा-४ का ध्रुवचन्द्र थापाले ठगी गरेको भन्दै उनलाई २०६४ चैतमा प्रहरीले पक्राउ गरेको थियो ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरको तथ्याङ्कलाई हर्ेर्ने हो भने आर्थिक वर्ष २०६४/२०६५ को साउनमा ६०१, भदौमा ५०६, असोजमा ४४३, कात्तिकमा ७१४, मंसिरमा ८२२, पुसमा १०५१, माघमा ६२१, फागुनमा ६५६, चैतमा ३९२ र बैशाख महिनामा ६३३ जनाले राहदानी बनाएका छन् । यही तथ्याङ्कलाई विश्लेषण गर्ने हो भनेपनि मकवानपुरबाट वैदेशिक रोजगारीमा जानेको संख्या उल्लेख्य रहेको देखिन्छ । असुरक्षित वैदेशिक रोजगारीले समस्या उत्पन्न गराइरहेको कुरालाई मध्ये नजर गर्दै यसबारे सचेत तुल्याउन हिमराइट्स कार्यालयमा हेल्पलाइन शुरु गरिएको मध्यमाञ्चल क्षेत्रीय कार्यालयका संयोजक प्रेम दाहाल बताउछन्

No comments:

Search Result