गाउँमा जन्मेर सिगापुर घुम्न पाउनु ठूलै भाग्य हो । नेपालीलाई देखाईएको सिँगापुरे सपनाको प्रत्यक्ष्य अनुभव गर्न पाईयो । अब म सुनाउँछु मेरो सिंगापुर बसाईको कथा ।
वर्ष २००८ को अन्त्यतिर अध्ययनका लागि मौका मिल्यो । सिंगापुर जाने तयारीका साथ विमानस्थल पनि पुगेँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थानस्थलमा निकै घुईँचो थियो विदेश जानेको । कोहि अमेरिका, कोहि अष्ट्रेलिया कोहि दुबई, कोहि मलेशिया, कोहि सिंगापुर यस्तै यस्तै । धेरैजसो नेपालीहरु काम गर्न जान लागेको पाएँ । अलि कम पढेका जस्ता देखिने नेपालीहरुको संख्या धेरै थियो । म्यानपावरका मान्छेको दौडा दौड नि देखियो । ईमिग्रेसनमा भर्ने फर्म भर्न नसक्ने नेपाली कामदारहरुको संख्या धेरै हुने भएकोले म्यानपावरका मान्छेलाई हम्मे हम्मे हुने रैछ । निकै बेर लाम लाग्नु पर्यो ईमिग्रेशन र सेक्युरिटी चेक गर्ने लाईनमा ।
मलाई विदा गर्न आउनु भएका बा, आमा र भाईहरुलाई फोन गरेँ र विदा भएँ । अलि नरमाईलो लाग्यो । त्यसपछि जेट भित्र पुगियो र जेट गुड्यो पनि तर फेरि रन वे मा रोकियो विमानस्थलको प्राविधिक कारणले । रन वे मै आधा घण्टा जेटले विश्राम लिएपछि बल्ल जेटले भुईँ छोड्यो ।
No comments:
Post a Comment