ईश्वरी भट्टराई
कुनै पनि देशको आर्थिक रुपमा सक्रिय जनसंख्याले आफ्नो योग्ता वा क्षमता अनुसार काम गर्न पाउनु उसको अधिकार हो तर अहिलेको परिस्थितिमा विकसित लगायत विकासोन्मुख देशहरूमा बेरोजगारी समस्या प्रमुख रुपमा देखा परेको छ। विकसित देशहरू जापान तथा केही युरोपियन देशहरूले तुलनात्मक रुपमा बढी रोजगारी दिन सके पनि दिगो समाधान भने निस्केका छैनन्। नेपालको वर्तमान परिस्थितिमा त झन यो समसया विकराल बन्दै गइरहेको छ। स्वदेशमा रोजगारीका अवसरको अभावमा ठूलो संख्यामा नेपाली अदक्ष, अर्धदत्त र केही दक्ष कामदारहरू पनि विश्वका विभिन्न देशमा रोजगारीको खोजीमा गएका छन्। विभिन्न संघ संस्थाका अनुमान अनुसार ११ लाख नेपाली कानुनी रुपमा र त्यतिकै संख्यामा गैरकानुनी रुपमा नेपाली कामदार रोजगारीको सिलसिलामा विदेशीन बाध्य भएका छन्। रोजगारीको सिलसिलामा भारत जाने नेपालीको एकिन तथ्याङ्क छैन। यिनै कामदारहरूकै रेमिटेन्सले देशको अर्थतन्त्रमा ठूलो योगदान दिन सफल भएको छ। अहिलेको विश्वको आर्थिक मन्दीका कारणले विदेशीएका नेपालीको रोजगारी झन जोखिममा पर्दै गइरहेको छ। कैयौं नेपाली कामदारहरू मन्दीका कारणले मलेसिया, कतार , दुबई, अरेविया लगायतका देशबाट फिर्ता आइसकेका छन्। कैयौंको रोजगारी कम्पनीहरू टाट पल्टेका कारणले गुम्ने अवश्थामा पुगेका छन्। विदेशीएका नेपालीहरूको योगदान ठूलो भएपनि काम गर्ने देशमा उनीहरूले गर्ने काम अपवादमा केही संख्यालाई छाडेर हेर्दा निकै कष्टप्रदक, अस्वस्थ्यकर, जोखिमपूर्ण र अन्तराष्ट्रिय मापदण्डको अनुशरण नगरिएका हुन्छन्। बेरोजगारी समस्यालाई व्यवस्थित गर्न नेपालमा सरकारी निकायबाट प्रभावकारी पहल भएको पाइदैन जसले गर्दा कामदारको अवस्थामा कुनै सुधार हुन सकेको छैन। यसबाट के प्रप्ट हुन्छ भने बेरोजगारी संसारका करोडौं जनसंख्याको पिडा हो। पूँजीवादी देशका शहरहरू जहाँ तुलनात्मक रुपमा बढी पूर्वाधारहरूको उपलब्धताले गर्दा श्रमिकहरूको माग हुने गर्दछ तर यहाँ ठूलो संख्यामा श्रमिकहरू कामको खोजीमा भौतारिने गर्दछन्। तर नेपालमा पूर्वाधारहरूको विकास नभएको हुनाले हरेक दिन हजारौंको संख्यामा काम खोज्न धाउने समाजका निम्न तथा मध्यम वर्गका परिवारका सदस्यहरू आफ्नो योग्यता अनुसार काम पाउन असफल हुने गर्दछन्। यसरी ठूलो जनसंख्या सामाजिक रुपमा बहिष्कृत हुने गर्दछ। योग्ता अनुसारको काम नपाउनाले उनीहरू झन गरिबीको सिकार हने, आफूले आजृन गरेको क्षमताको दिन प्रतिदिन ह्रास हुँदै जाने र मानसिक रुपमा पिडित भइ डिप्रेसनको समेत सिकार हुन सक्दछन्। यसले गर्दा परिवारका सक्रिय जनसंख्या जसले अन्य आश्रित जनसंख्या केटाकेटी र बृद्धबृद्धाको सहारा झन परिवारको बोझ हुन पुग्दछन्। बेरोजगारीले सामाजिक हिंसाको दर बढ्ने, मृत्युदर र विभिन्न स्वास्थ्य समस्या देखापर्दछ। १ प्रतिशत बेरोजगारी बढ्दा २ प्रतिशत मृत्युदर बढ्ने , ३.४ प्रतिशत मानसिक रोगी बढ्ने र ४ प्रतिशत आत्महत्यादर बढ्ने एक अमेरिकी स्वास्थ्य अनुसन्धानले देखाएको छ। मानसिक काम गर्न चाहने तर पूँजीवादी समाज भने सक्रिय जनसंख्यालाई रोजगारीको अवसर प्रदान गर्ने अवस्थामा नहुनुको कारण के हुन सक्ला त? यसको लागि कार्ल मार्क्सले प्रश्ट्याउन खोजेका छन्। श्रम शक्तिको माग साधन, उपकरण, भवन, र श्रमशक्रि खरिद गर्नको लागि लगानी गरिने पूँजीबाट नभइ श्रमशक्ति लिनको लागि लगानी गरिने पूँजीबाट निधारण हुन सक्छ। पूँजीवादको विकाससँग न्यूनतम पूँजी श्रमशक्तिको मागको लागि लगानी गरिन्छ। भने अधिकतम पूँजीको प्रतिशत नयाँ अनुसन्धान प्रविधिको खोजी र नयाँ उपकरणको विकासमा लगानी गरिन्छ। नयाँ कामको अवसरमा तुलनात्मक रुपमा निकै प्रयास गरिन्छ। त्यसैले बेरोजगार कुनै प्रविधिक प्रगति नभइ उपयोग गर्ने पूँजीवादी तरिका हो। पूँजीवादीहरूको नयाँ उद्योगधन्दाको विकास सीमित व्यक्तिहरूलाई रोजगारी दिइ अत्याधुनिक उपकरणहरूको र नयाँ प्रविधिको प्रयोग गरी उत्पादन बढाएर ठूलो संख्यामा रहेका साना तथा मझौला उद्योगलाई धरासायी बनाउँदै ठूलो जनसंख्यालाई बेरोजगारी बनाउने गर्दछ। जसलवे हजारौं कामदारलाई रोजगारी दिइरहेका छन्। त्यस्ता उद्योगलाई टाट पल्टाउने कोशिस गर्दछन्।
यसरी बढ्दो बेरोजगारीलाई पूँजीवादीहरू आफ्नो फाइदाको लागि झन चरम रुपमा श्रम शोषण गर्ने माध्यमका रुपमा उपयोग गर्दछन्। श्रमिकहरू आफ्नो जागिर खोसिने डरले ज्यादा परिश्रम गर्न र हड्डी घोट्न बाध्य हुन्छन्। यसरी यो समाजमा काम गर्न पाउनुपर्ने अधिकारको सुनिश्चितता नभइ कामदारहरूको कुनै पनि समयमा काम खोसिने डर हुन्छ। केही समय पहिले भारतमा त्यहाँको प्रसिद्ध बायुसेवा कम्पनी जेट एअरवेजले अचानक १९०० कामदार कटौती गर्यो। कम्पनी घाटामा गएको निहुमा अचानक त्यसरी कामदार विना सूचना कटौती गर्दा धेरै तिरबाट विरोध भएपछि पुनः त्यो निर्णय फिर्ता लिनुपर्यो। पूँजीवादले विभिन्न समयामा संकटको सामना गर्नुपर्ने कुरा पुनः सत्य सावित भएको छ। आज विश्वमा देखा परेको आर्थिक मन्दी यसैको प्रमाण हो। जुन कुरा मार्क्सले धेरै पहले नै औल्याएका थिए। अहिलेको आर्थिक मन्दीले उनको सिद्धान्तको महत्व झन् बढाएको छ। आर्थिक मन्दीसँगै युरोपमा मार्क्सको कृति पूँजी (अबउष्त)ि को बजारमा माग बढ्यो र धेरै संख्यामा विक्री भयो। यसरी पूँजीवादी विकासको क्रममा भएको प्रविधिको विकास र वैज्ञानिक क्रान्तिको यदी उचित उपयोग हुन सकेमा वास्तविक रुपमा श्रमको उत्पादकत्व बढ्ने र छोटो समयमा धेरै उत्पादन गरी समयको बचत गर्दै अन्य सामाजिक काममा उपयोग गर्न सकिने थियो तर यसको ठिक उल्टो अझ तिब्र रुपमा श्रम शोषण गर्न प्रयोग हुने गर्दछ। नयाँ उपकरण प्रविधिको विकाससँगै कामदारहरू पुनः आफ्नो दक्षतामा विकास गर्नुपर्ने हुन्छ। यसरी दक्षताको विकासको लागि उनीहरू पुनः आफुले कडा परिश्रम गरेर कमाएको पैसा पुनः लगानी गर्नुपर्ने वा छोराछोरीलाई विकसित परिवेश अनुसार शिक्षा र तालिम दिलाउनुपर्ने हुन्छ। यसरी समग्ररुपमा हेर्दा पूँजीवादीहरूले गर्ने विकास र शिक्ष भनेको प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा बेरोजगारी सेना उत्पादन गर्ने शिक्षा हो। यसरी समाजका सबै सक्षम जनशक्तिलाई रोजगारी दिन पूँजीवादले नसक्ने कुरा प्रष्ट हुन्छ। यदी पूर्ण रुपमा रोजगारी दिने प्रयत्न गरेपनि क्षणिक अबधिको लागि वा जबसम्म पूँजीपतिले नाफा कमाउन सक्छन् तबसम्म मात्र हुन्छ। बजारमुखि अर्थतन्त्र निजीकरण र विश्वव्यापीहरणले सम्पूर्ण तल्लो तहको जनसंख्यालाई फाइदा नभइ मुठ्ठीभर मानिसको हातमा साधन र स्रोत पुर्याइ उनीहरूलाई नै फाइदा पुर्याउँछ। यसरी बेरोजगारी समस्या एउटा सानो प्रयासबाट समाधान हनु नसक्ने कुरा प्रष्ट छ। यसको लागि सही नीति, नियम र आर्थिक संरचनामा परिवर्तन गर्नुपर्दछ। यसरी समग्र आर्थिक र सामाजिक परिवर्तनले बेरोजगारी र अन्योल रहिरहने हो भने नेपालले निकै ठूलो क्षति व्यहोर्नुपर्ने देखिन्छ। यही अवश्था र अन्योलको स्थिति रहिरहेमा गाउँका सामानय लेखपढ गरेका युवायुवती देखि शिक्षित जनसंख्या सबै विदेशीने र दचबष्ल मचबष्ल तिब्र हुने कुरा नकार्न सकिदैन। पूँजीवादको विकासको शुरुवातमा यसले कुनै संकट र बेरोजगारको समस्या भोग्नु परेन र श्रमिकको जनसंख्या पनि त्यसबेला संगठनिक हिसाबमा कमजोर थियो र असंगठित थिए। त्यसबेला बुर्जुवा र पूँजीवादीहरू के भ्रम फैलाउन सकेका थिए भने पूँजीवादी समाजले मानिसलाई स्वतन्त्रता र असीमित अवसरहरू प्रदान गर्दछ।
पूँजीवादी समाज नै सबैभन्दा विकसित हो र कुनै संकट आइपर्ने छैन तर समयको अन्तरालसँगै पूँजीवादले अहिले निकै ठूलो आर्थिक संकट भोग्नु परिरहेको छ। केही दशक पहिले पनि यस्तो संकट भोग्नु परेको थियो। यसरी विभिन्न समयमा संकट भोग्दै भविष्यमा पनि यसले अझ ठूलो जटिल संकट भोग्ने कुरा अवश्यमभावी छ। नोकर जो आफ्नो डाड भाँचिने गरी काम गरेर थाक्दछ, एक किसान जो आफ्नो टुक्रा जमिनमा दिन रात खट्दछ र त्यो कामदार जसले निकै मुस्किलसँग छुट्टि पाउँछ। उनीहरूको लागि पूँजीवादी व्यवस्थाले कुनै हित गर्न सकेको छैन र सक्ने पनि छैन। समाजमा जतिसुकै विकास र परिवर्तन भएपनि ठूलो जनसंख्या परिवर्तन र विकासको अुनभूति गर्नबाट बन्चित भइराखेको छ। त्यही परिवर्तनको अनुभूति गर्न नसकेको र गरिब, बेरोजगार तथा किसान जनसंख्याले यस पूँजीवादी व्यवस्थालाई खरानी पार्ने कुरा अवश्यमभावी छ। यसलाई कसैले रोक्न सक्ने छैन।
No comments:
Post a Comment